Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डा. केसीको माग पुरा गर्न सर्वपक्षीय बैठकको दवाव

Dr-Kc-1573460120.jpg

File Photo

२५ कार्तिक, डडेलधुरा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै ८ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको माग पुरा गर्न डडेलधुराको सर्वपक्षीय बैठकले दवाव दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले उनको माग पुरा गर्न संघीय र प्रदेश सरकारसंग माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीको अवस्था गम्भिर भएको र अन्यत्र लैजान सहमति जुटाउन बोलाएको बैठकमा सहभागीहरुले उनको माग सम्बोधन गर्ने प्रतिवद्धता माग गरेका थिए । 
डा. केसीले अन्यत्र उपचारका लागि जान नमानेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले पहल गरिदिन प्रमुख जिल्ला अधिकारी पौडेलले बैठकमा आग्रह गरेका थिए । तर बैठकमा सहभागीहरुले उनको चाहना विपरित अन्यत्र लैजाने विषयको विरोध गर्दै माग पुरा गर्न दवाव दिएको बैठकमा सहभागीहरुले जानकारी दिए । केसीका माग पुरा गर्न संघीय सरकार जिम्मेवार हुनुपर्ने र प्रदेश सरकारको प्रतिनिधिले पहल गर्नुपर्ने उनीहरुको भनाई छ ।
यता, डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अन्यत्र लैजानका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । केसीको रक्तचाप घट्नुका साथै मुटुको चाल अनपेक्षित बढेको छ भने रगतमा अक्सिजनको मात्र कमी हुँदै गईरहेको चिकित्सकहरुले जनाएका छन् । उनीहरुले केसीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बताउँदै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार