२६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देखिएको सिमा विवादबारे सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता देउवाले अहिले देखिएको सिमा विवादबारे भारतसंग वार्ता गर्नुपर्नेमा जोड दिए ।
उनले कालापानी नेपाली भु–भाग र लिपुलेक त्रिदेशीय विन्दु भएको समेत स्पष्ट पार्दै भारतसंग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई के कुराले रोक्यो भन्दै प्रश्न गरे । उनले वर्तमान सरकार जनताको समस्यामा भन्दा पनि अनावश्यक काममा बढि अलमलिएको बताए । उनले चीन वा भारतले अनुदानमा रेल बनाईदिए ठिकै रहेको भन्दै ऋणमा रेल ल्याएर नेपाललाई फाइदा नहुने बताए । उनले अहिलेको सरकार अधिनायकवादी चरित्र अघि बढेको र राज्यमा विभिन्न अंगहरुलाई नियन्त्रणमा लिने काम गरिरहेको भन्दै यसको प्रतिकार जरुरी रहेको बताए ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा आन्दोलन गरेर भन्दा आफ्ना प्रमाणहरु पेश गरेर भारतसंग सरकारले सिमा विवादबारे छलफल गर्नुपर्ने बताए । प्रधानमन्त्री केपि शर्मा ओलीलाई सिमा विवाद समाधानमा साथ दिने कांग्रेसले प्रतिवद्धता गरिसकेको भन्दै उहाँले अब प्रधानमन्त्रीको भनाई र गराई हेर्ने बेला आएको बताए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी लगायतले सरकारको कार्यशैलीले जनतामा निरासा छाएको भन्दै कांग्रेसले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनु भएको थियो । २ दिने प्रशिक्षणमा ३ नम्बर प्रदेशका ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहालले बताए ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






