३० कार्तिक, काठमाडौं । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नसकेर नभई सहमति कुरेर बस्दा स्थायी राजधानी र नाम टुग्याउन नसकिएको बताएका छन् ।
फ्रिडम फोरमले काठमाडौंमा गरेको ‘खुला संसद : अवधारणा र अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले उनले आफु स्थायी राजधानी र नाम टुंगो लगाउन सक्षम रहेपनि सहमति कुर्दा ढिलो भएको बताए । ‘संसदमा दर्ता भएका ४५ वटा विधेयक पारित गरेर शुन्यमा पुर्याउन सक्नेले राजधानीको प्रक्रिया अघि बढाउन नसक्ने हो र ?’–उनले भने–‘सहमति कुर्दा ढिलो भयो ।’
उनले राजधानी र नाम जस्तो विषय सहमतिमै टुंग्याउँदा राम्रो हुने मनसायले कुरेर बसेको भन्दै अब भने नैतिक प्रश्न उठ्न थालेको बताए । उनले आगामी अधिवेशनमा प्रक्रिया अघि बढ्न सक्ने बताए । उनले अन्य प्रदेशको तुलनामा ३ नम्बर प्रदेशसभाको काम कारवाही चुस्त र व्यवस्थित रहेको भन्दै सुधार गर्नुपर्ने विषयमा थप सुधारको लागि तयार रहेको बताए ।
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, नागरिक समाज र संचारकर्मीहरुले प्रदेश सरकारले आप्mनो काम कारवाहीलाई पारदर्शी बनाउन काम गर्नुपर्ने, प्रदेशसभा र समितिमा विधेयकमाथि हुने छलफललाई प्रभावकारी बनाउनुपर्ने, प्रविधिको प्रयोग गरी संसदलाई नागरिकको पहुँचमा पुर्याउनुपर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा पूर्व मूख्य सचिव सोमनाथ सुवेदी, प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठ, फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खुला संसद र खुला सरकारबारे अवधारणा प्रस्तुत गरिएको थियो । फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






