Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश राजधानी टुंग्याउन नसकेर हैन सहमति कुरेर ढिलो भयो : श्रेष्ठ

Sanu-Kumar-1573892935.jpg

३० कार्तिक, काठमाडौं । ३ नम्बर प्रदेशका  सभामुख सानुकुमार श्रेष्ठले नसकेर नभई सहमति कुरेर बस्दा स्थायी राजधानी र नाम टुग्याउन नसकिएको बताएका छन् ।
फ्रिडम फोरमले काठमाडौंमा गरेको ‘खुला संसद : अवधारणा र अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले उनले आफु स्थायी राजधानी र नाम टुंगो लगाउन सक्षम रहेपनि सहमति कुर्दा ढिलो भएको बताए । ‘संसदमा दर्ता भएका ४५ वटा विधेयक पारित गरेर शुन्यमा पुर्याउन सक्नेले राजधानीको प्रक्रिया अघि बढाउन नसक्ने हो र ?’–उनले भने–‘सहमति कुर्दा ढिलो भयो ।’ 
उनले राजधानी र नाम जस्तो विषय सहमतिमै टुंग्याउँदा राम्रो हुने मनसायले कुरेर बसेको भन्दै अब भने नैतिक प्रश्न उठ्न थालेको बताए । उनले आगामी अधिवेशनमा प्रक्रिया अघि बढ्न सक्ने बताए । उनले अन्य प्रदेशको तुलनामा ३ नम्बर प्रदेशसभाको काम कारवाही चुस्त र व्यवस्थित रहेको भन्दै सुधार गर्नुपर्ने विषयमा थप सुधारको लागि तयार रहेको बताए । 
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, नागरिक समाज र संचारकर्मीहरुले प्रदेश सरकारले आप्mनो काम कारवाहीलाई पारदर्शी बनाउन काम गर्नुपर्ने, प्रदेशसभा र समितिमा विधेयकमाथि हुने छलफललाई प्रभावकारी बनाउनुपर्ने, प्रविधिको प्रयोग गरी संसदलाई नागरिकको पहुँचमा पुर्याउनुपर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा पूर्व मूख्य सचिव सोमनाथ सुवेदी, प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठ, फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा खुला संसद र खुला सरकारबारे अवधारणा प्रस्तुत गरिएको थियो । फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार