तस्विर : थापाको फेसबुकबाट साभार
१ मंसिर, हेटौँडा । भीमफेदी कारागारका तत्कालिन जेलर चिरञ्जिवी थापामाथि ‘अकुत सम्पत्ति’ कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
थापामाथि अकुत सम्पत्ति आर्जन गरेको र अस्वभाविक जीवनयापन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुर आएपछि अख्तियारले थापाले सार्वजनिक सेवा आरम्भ गरेको २०४५/०२/२४ देखि आर्थिक बर्ष ०७५/०७६ सम्म आर्जन सम्पत्ति छानविन गरेको थियो ।
छानविनका क्रममा आम्दानी र खर्चको हिसाव गर्दा एक करोड १३ लाख ६० हजार ४ सय १० रुपैँया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको खुलेको अख्तियारले जनाएको छ । त्यसैगरी, थापाले श्रीमति गोमा कट्टेल थापाको नाममा अचल सम्पत्ति खरिद गरेको पाईएको भन्दै चिरिन्जिवि थापा र श्रीमति गोमाविरुद्ध स्रोत नखुलेको रकम जफत र कैद सजायको माग दाविसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।
थापाले आफु कारागारको जेलर भएको बेला गरेको गलत कामको बारेमा हेटौँडा सन्देशमा श्रृंखलाबद्ध समाचार आएको थियो । समाचार सम्प्रेषणका लागि प्रतिक्रिया लिन खोज्दा थापाले सन्देश संवाददातालाई धम्क्याएका थिए । उनी जेलर हुँदा कारागारमा ताल खेलाउने, जेल सरुवा भएकालाई स्थानान्तरणका लागि रकम लिने लगायतका आरोप लागेको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















