२ मंसिर, हेटौडा । सामुदायिक वनमा लगाईएको तेहेरो कर विरुद्ध हेटौडामा प्रर्दशन हुने भएको छ । फेकोफन जिल्ला शाखा र प्रदेश नम्बर ३ ले सोमबार हेटौडामा संयुक्त बैठक बसी विरोध र्यालीको आयोजना गर्ने निर्णय गरेका हुन ।
मंसिर ६ गते हुने विरोध कार्यक्रमको लागि महासंघले सबै सामुदायिक वन उपभोक्ताहरुलाई व्यानर सहित उपस्थित हुन पत्राचार समेत गरेको छ ।
फेकोफन प्रदेश नम्बर ३ की कोषाध्यक्ष निर्मला न्यौपानेले सरकारले सामुदायिक वन माथि अनावश्यक कर लगाएको भन्दै फिर्ता लिन आग्रह गरिन् । स्थानीय उपभोक्ताहरुको अथक मेहनत र परिश्रमबाट सामुदायिक वनको विकास भएको वहाँको भनाई थियो । सरकारको ‘गिद्धे नजर’ सामुदायिक वनमाथि परेको भन्दै अव उपभोक्ताहरुले करको डटेर सामना गर्नु पर्नेमा न्यौपानेको जोड थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रदेश नं. ३ का सदस्य रामहरि चौलागाई, अर्जुनप्रसाद दाहाल, फेकोफन स्थानीय महासंघ, हेटोडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका अध्यक्षहरु र संचारकर्मीहरुको कार्यक्रममा सहभागिता थियो ।
यसैगरी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा हेटौडामा १ दिने सामुदायिक वनको शसक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । फेकोफन मकवापुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफन प्रदेश नं. ३ की कोषाध्यक्ष निर्मला न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा फेकोफन प्रदेश ३ का सदस्य रामहरि चौलागाई, अर्जुनप्रसाद दाहाल, फेकोफन स्थानीय महासंघ, हेटोडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















