Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सबैको हित हुने काम गर्नु पर्छ : मुख्यमन्त्री पौडेल

Paudel-1574224731.jpg

४ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मानिसले सबैको हित हुने काम गर्नु पर्ने बताएका छन् । 
हेटौडाको कमानेमा मंगलवार भएको पौडेल बंश महासंघको आयोजना र एकिकरण सम्बन्धी कार्यदल मकवानपुरको सहयोगमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सबैले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु पर्नेमा जोड दिए । देश र समाजलाई सहि मार्गमा अगाडि बढाउन सके मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सकिने उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले देशमा पौडेलहरुको संख्या धेरै रहेकाले पनि नेपाललाई विकासको बाटोमा हिडाउन पौडेलहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 
सैपुले पौडेल र पौडेल सेवा समाज मकवानपुरका अध्यक्षद्धय आनन्दराम पौडेल र उत्तमप्रसाद पौडेलको संयुक्त अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, पौडेल सेवा समाजका केन्द्रीय अध्यक्ष लोकनाथ पौडेल, केन्द्रीय महासचिव महेन्द्र पौडेल, बरिष्ठ उपाध्यक्ष हरिराम पौडेल, हरिवन नगर पालिकाकी उपमेयर रेनु पौडेल, केन्द्रीय सदस्य प्रकाश पौडेल, मकवानपुरका पूर्व सचिव चेतप्रसाद पौडेल, एकीकरण कार्यदलका प्रवक्ता श्रीचन्द्र शर्मा पौडेल, रमेश पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
भेलामा ज्येष्ठ पौडेल परिवारका सात जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भेलाले दुबै पौडेल समाजको विधान तयारी गर्न उत्तमप्रसाद पोडेल र आनन्दराम पौडेल अध्यक्ष रहेको २४ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

थप समाचार