४ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मानिसले सबैको हित हुने काम गर्नु पर्ने बताएका छन् ।
हेटौडाको कमानेमा मंगलवार भएको पौडेल बंश महासंघको आयोजना र एकिकरण सम्बन्धी कार्यदल मकवानपुरको सहयोगमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सबैले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु पर्नेमा जोड दिए । देश र समाजलाई सहि मार्गमा अगाडि बढाउन सके मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सकिने उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले देशमा पौडेलहरुको संख्या धेरै रहेकाले पनि नेपाललाई विकासको बाटोमा हिडाउन पौडेलहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
सैपुले पौडेल र पौडेल सेवा समाज मकवानपुरका अध्यक्षद्धय आनन्दराम पौडेल र उत्तमप्रसाद पौडेलको संयुक्त अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, पौडेल सेवा समाजका केन्द्रीय अध्यक्ष लोकनाथ पौडेल, केन्द्रीय महासचिव महेन्द्र पौडेल, बरिष्ठ उपाध्यक्ष हरिराम पौडेल, हरिवन नगर पालिकाकी उपमेयर रेनु पौडेल, केन्द्रीय सदस्य प्रकाश पौडेल, मकवानपुरका पूर्व सचिव चेतप्रसाद पौडेल, एकीकरण कार्यदलका प्रवक्ता श्रीचन्द्र शर्मा पौडेल, रमेश पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा ज्येष्ठ पौडेल परिवारका सात जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भेलाले दुबै पौडेल समाजको विधान तयारी गर्न उत्तमप्रसाद पोडेल र आनन्दराम पौडेल अध्यक्ष रहेको २४ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






