Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामुदायिक वनको अधिकार कटौतिको विरोध

Community-Forest-Logo-1486466296.jpg

२५ माघ, हेटौँडा । सरकारले सामुदायिक वन समूहको अधिकार कटौति गर्दै लगेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । हेटौँडा रेञ्जपोष्ट महासंघसँग सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रिय कार्यालयमा भएको अन्तरक्रियामा महासंघका केन्द्रिय पदाधिकारीहरुले अधिकार कटौतिको विरोध गरेका हुन् । 
कार्यक्रममा केन्द्रिय अध्यक्ष गणेशबहादुर कार्की, उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारती पाठक, सचिव तिर्थबहादुर शाही, सचिवालय सदस्य पार्वता गौतम लगायतले चुरे वन संरक्षण र बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले सामुदायिक वनको अधिकार कटौति गरेको बताए । उनीहरुले सरकारले सामुदायिक वनको हित विपरित विभिन्न ऐन, नियम र मार्गनिर्देशन ल्याई उपभोक्ताको अधिकार कटौति गरेको भन्दै यसको विरोधमा एकजुट हुन सामुदायिक वन समूहलाई आग्रह गरे । कार्यक्रममा फेकोफन केन्द्रिय कार्यालय गरिरहेका काम र नयाँ संविधान अनुसार फेकोफनको सात प्रदेशको खाकाबारे जानकारी दिईएको थियो । 
अन्तरक्रियापछि पाटन औद्योगिक क्षेत्र पुगेको हेटौँडा रेन्जपोष्टको टोलीलाई उड कार्मिङ इण्डष्ट्रिजकी सुपरभाईजर विना खड्काले उद्योगले काठबाट तयार गर्ने हस्तकलाका सामग्रीहरुको बारेमा जानकारी दिएकी थिईन् । टोलीले राष्ट्रिय कला संग्राहलय भक्तपुर, ५५ झ्याले दरबार, तलेजु भगवतिको मन्दिर, मकर मेला लाग्ने काभ्रेको वनेपामा रहेको इन्द्रेश्वर महादेव मन्दिरको अवलोकन गरेको टोलीमा सहभागी रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।
काभ्रे पुगेको टोलीलाई काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समूहका सचिव बद्री अधिकारीले समूहले गरेको गतिविधि र फेकोफन काभ्रेका अध्यक्ष विनोदप्रसाद सापकोटाले काभ्रेका सामुदायिक वनको अवस्थाबारे जानकारी दिएका थिए । टोलीले मंगलबार नै ऐतिहासिक सिन्धुली गढीको समेत अवलोकन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार