Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघले मङ्सिर ८ गते प्रदर्शन गर्ने

fnj-nepal_1535246467-1574427609.jpg

६ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ ।
महासंघले ‘विश्व अन्तर्रा्ष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा यही मङ्सिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने शुक्रबार जनाएको छ । 
महासंघको अभिलेखअनुसार नेपालमा वि.सं २०५२ देखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने पाँच पत्रकार बेपत्ता अवस्थामा छन् ।
मारिएका ३७ पत्रकारमध्ये पाँच पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र चार जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ ।
अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न सकेको छैन । बेपत्ता भएका पाँच जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको र पीडित परिवारले न्याय नपाएको महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् ।
प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार सङ्कलनमा अवरोध जस्ता घटनाहरु बढी भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।
द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारवाहीका लागि महासङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन ।
त्यस्तै बेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति नभएको महासंघले जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार