७ मंसिर, काठमाडौँ । सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएको विषयले असन्तुष्ट बने पनि त्यसैलाई कारण बनाएर सरकार तत्काल छाडिहाल्ने मनस्थितिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखिएका छैनन् ।
पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको समाचार कान्तिपुरमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा स्थानान्तरण गरिएको छ भने समाजवादीकै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको छ । यादव भारत भम्रणमा रहेका बेला मन्त्रालय फेरबदल र राज्यमन्त्री हटाइएको थियो ।
संविधान संशोधनमा सरकारको बेवास्ता र राजपासँग एकीकरणका कारण सरकार छाड्नुपर्ने दबाब पार्टीभित्र बढ्दै जाँदा मन्त्रिपरिषद्को पछिल्लो घटनाले यादवलाई नैतिक संकटमा पुर्याएको छ । तर यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको उनीनिकट पार्टी नेताले बताए । उनी भारतबाट शुक्रबार साँझ फर्किएका छन् ।
पार्टीका वरिष्ठ नेता अशोक राईले कुनै पनि घटनाबाट आवेगमा आएर निर्णय नहुने बताए । ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने, हटाउने, मन्त्रालय फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीमा निहित छ, तर गठबन्धन दल भएका नाताले प्रधानमन्त्रीले यस्तो महत्त्वपूर्ण निर्णयमा परामर्श गर्दा राम्रो हुन्थ्यो,’ राईले भने, ‘आवेगमा आएर निर्णय लिइहाल्ने पक्षमा हामी छैनौं ।’
नेता भट्टराई पक्षका नेताले भने एकरदुई दिनमै पदाधिकारी बैठक बसेर सरकार छाड्ने निर्णय लिन अध्यक्ष यादवलाई दबाब दिन थालेका छन् । यस विषयमा छलफल गर्न बिहीबार पार्टीका राजधानीमा उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो ।
जसमा भट्टराईनिकट पदाधिकारीहरूको बाहुल्य थियो । ‘मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सत्ता साझेदार पार्टीसँग सल्लाह र सहमतिबिना भएको निर्णयलाई सकारात्मक रूपमा लिन सकिँदैन,’ भट्टराईनिकट एक नेताले भने, ‘संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवसहित बस्ने पार्टीको बैठकले सरकारमा रहनेरनरहने विषयमा औपचारिक निर्णय गर्नेछ ।’
संघीय परिषद् अध्यक्ष भट्टराईले मन्त्रिपरिषद् पुनर्गठनलाई प्रधानमन्त्रीको स्वेच्छाचारी र निरंकुश प्रवृत्ति भनी टिप्पणी गरेका थिए । उनले पार्टीबाट सरकारमा नेतृत्व गर्ने उपप्रधानमन्त्री यादवसँग सल्लाह र परामर्श नै नगरी एकपक्षीय ढंगले भएको मन्त्रिपरिषद् पुनर्गठन गरिनु लोकतन्त्रको मान्यताविपरीत रहेको बताएका थिए ।
के सरकारबाट हट्ने मनस्थितिमा पार्टी पुगेकै हो भन्ने प्रश्नमा पार्टी महासचिव रामसायप्रसाद यादवले भने, ‘मनस्थितिले होइन, निर्णयले पार्टी चल्छ । अहिले त्यस्तो निर्णय भएको छैन । आवश्यक परे पार्टीको बैठक बसेर नै निर्णय हुन्छ ।’ समाजवादीबाट अहिले पार्टी अध्यक्ष यादव कानुन र नेता मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















