Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

शान्ति स्थापनामा स्व. कोइरालाको महत्वपूर्ण भूमिका 

post-(3)-1574514233.jpg

७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गणतन्त्र र देशमा शान्ति स्थापनाका लागी नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकवानपुरले हेटौंडामा आयोजना गरेको गिरिजाप्रसाद कोइराला जीवन वृतः एक चर्चा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । 
वृहत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको सम्झनामा शनिबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा बोल्दै फाउन्डेसनका सल्लाहकार गोपाल कृष्ण घिमिरेले स्वर्गीय गिरिजा प्रसाद कोइरालाले द्वन्द्वकालीन नेपालको शान्ति स्थापनामा निभाउनुभएको भुमिकालाई सबैले मनन गर्नुपर्ने बताए । 
उनले स्वर्गिय गिरिजा प्रसाद कोइरालाकै पहलमा देशमा शान्ति पुर्नबहाली भएको दावी समेत गरे । उनले नेपालमा लोकतन्त्र को स्थापना र बिकासमा काँग्रेसले नेतृत्वदायी भुमिका निभाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा नेपाली काँग्रेसले लोकतन्त्र पक्षधरहरु सँग हातेमालो गर्दै जानुपर्ने सुझाव दिए ।
कार्यक्रमका सहभागिहरुले कोइरालाले जीवनका अन्तिम क्षणहरुमा गम्भिर राजनितिज्ञको भुमिका निभाएको उल्लेख गरेका थिए । 
फाउन्डेसनका मकवानपुर संयोजक नारायण प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदीप कोइराला, प्रतिष्ठानका प्रदेश ३ का संयोजक रीता खनाल, बामपन्थी वुद्धिजीवी श्रीचन्द्र शर्मा, प्राध्यापक कृष्ण दाहाललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 

post-(4)-1574514245.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

थप समाचार