Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौँडा १९का तरुणले वडामा भएको अनियमितताको भण्डाफोर गर्ने

78325874_1014510035553797-1574528657.jpg

७ मंसिर,हेटौंडा। हेटौंडा–१९ मा भएका विभिन्न विकास निर्माणको काममा व्यापक अनियमितता भएको दावी गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भण्डफोर अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार हेटौंडा–१९, मा भएको तरुण दलको वडा भेला तथा अधिवेशनले त्यसक्षेत्रको विकास निर्माणसहित विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितताको गन्ध आएको दावीसहित चरणबद्ध भण्डफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले जानकारी दिएका छन।पार्टीसँगको समन्वयमा आइतबारदेखि चरणबद्धरुपमा वडा कार्यालयमा भएका अनियमितता, भ्रष्टाचार र योजना तथा कार्यक्रमका विषयमा देखिएका त्रुटीहरुबारे जानकारी गराउँदै चरणबद्धरुपमा भण्डफोर अभियानमा लाग्ने युवा नेता भेटवालले बताएका छन ।

भेलाले सुशन रिमालको सभापतित्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिमा उपसभापति उमेश मुक्तान, रविन्द्र जिम्बा, सचिवमा सानु लामा, शर्मीला मोक्तान, कोषाध्यक्ष विमिरा श्रेष्ठ, सहसचिव राजिन लामालगायत रहेका छन् । भेलाले खेलकुद विभाग संयोजकमा अरुण थापालाई चयन गरेको छ ।  नेपाली कांग्रेस मकवानपुरका उपभासपति विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा उपस्थित नेताहरुले प्रत्येक वडामा नेपाली कांग्रेसले यसैगरी रचनात्मकरुपमा स्थानीय सरकारको विरोध गर्नुपर्ने र स्थानीय तहमा भइरहेको अनियमितता तथा भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

थप समाचार