Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दण्डहीनता अन्त्यको माग गर्दै पत्रकारले गरे प्रदर्शन

IMG20191124075023-1574567-1574581380.jpg

८ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग गर्दै आइतबार सातै प्रदेशमा प्रदर्शन गरेको छ ।
महासंघले ‘विश्व अन्तराष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा आइतबार संघियराजधानी काठमाडौं सहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गरेको हो ।
यसैविच नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा हेटौंडामा र्याली तथा कोणसभाको आयोजना गरिएको छ ।
हेटौंडाको सिमाचोकबाट सुरुभएको र्याली बुद्धचोक परिक्रमा पछि पुनः सिमचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राममणि दाहालले राज्यले पत्रकारलाई स्वतन्त्रतापुर्वक कलम चलाउन पाउने अधिकारको प्रत्याभूति दिलाउँनुपर्ने बताए ।
उनले हरेक राजनितिक परिवर्तनमा साथ दिएको पत्रकारीता क्षेत्रमा विभिन्न बहानमा अंकुश लगाउन खोजेको आरोप लगाए ।
यस्तै कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश तिनका अध्यक्ष प्रताप विष्टले लोकतन्त्रमा पत्रकारले नै असुरक्षी महसुस गर्छ भने कसरी लोकतन्त्रको अनुभुती गर्ने ? भन्दै प्रश्न गरे । उनले राज्य र बाह्य जुनसुकै पक्षबाट पनि पत्रकारमाथी हुने आक्रमण सैह्य नहँुने उल्लेख गर्दै आवस्यक परे पत्रकार प्रतिकारमा पनि उत्रन सक्ने चेतावनी दिए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अहरि हुमागाइ, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायत विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उस्थिति रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार