Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शान्ति समाजको राष्ट्रिय परिषद् बैठक दाङमा हुने

Hurpes-1574605442.jpg

८ मंसिर, हेटौँडा । मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक दाङको तुल्सीपुरमा हुने भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था समाजको मंसिर २७ र २८ तुल्सीपुरमा परिषद बैठक हुने भएको हो । 
राष्ट्रिय परिषद् बैठकमा सिमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित ९ वटा प्रस्तावमा छलफल हुँदैछ । यसैगरी  वर्ष २०७५/७६ को समाजको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन, वार्षिक बजेट तथा कार्ययोजना समेत प्रस्तुत समाजका महासचिव सुशिल बस्नेतले बताए ।
बैठकका लागि दाङ शाखा सभापति सरद रेग्मीको संयोजकत्वमा मूल तयारी समितिसहित आधा दर्जन बढी उपसमितिहरु गठन गरिएको छ । राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा शान्ति र्याली, शान्ति काव्य प्रवाह, वृक्षारोपण, विद्यालयहरुमा अन्तरक्रिया र सरसफाई हुने जनाईएको छ । 
राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभागीय संयोजकहरु, समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २ सय भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

थप समाचार