Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बानियाँको नेतृत्वमा भएको महायज्ञ डेढ करोड संकलन गर्दै सकियो

Mahayagya-1574777939.jpg

१० मंसिर, हेटौँडा । सांसद इन्द्रबहादुर बानियाँको संयोजकत्वमा हेटौंडा–१८ हर्नामाडी फुर्केचौरमा भएको डेढ करोड संकलन गर्दै मंगलबार सकिएको छ । गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउन लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ १ करोड ५८ लाख रुपैयाँ संकलन गर्दै समापन भएको हो । 
बाचन पण्डित दिनबन्धु पोखरेलले वाचन गरेको सप्ताह महायज्ञ समापनको दिन मंगलबार हेटौंडा–१८ का माधव थापा र मुकुन्द थापाबाट १२ लाख रकम बराबरको १ कठ्ठा जग्गा दान गर्नुभएको छ भने हेटौंडा ५ का व्यवसायी तथा समाजसेवी रामबहादुर गौतमबाट २ लाख ७ हजार, पण्डित नारायण पोख्रेल प्रतिष्ठान काठमाडौंबाट १ लाख, हेटौंडा १८ का रामजी थापाबाट ६६ हजार, हेटौंडा १८ घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहेका रञ्जन कार्की र रञ्जु कार्कीबाट ५५ हजार, साह मेडिकल हल हेटौंडाका संचालक केशरीप्रसाद साहबाट ५१ हजारसहित २२ लाख रुपैयाँ संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमूख आतिथ्यता एवं महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा बाचन पण्डित दिनबन्धु पोख्रेल, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । समापन कार्यक्रममा विद्यालयको सहयोगार्थ लगाइएको महायज्ञमा सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
कुन दिन कति संकलन
मंसिर ३ गते उदघाटनमा २२ लाख ५० हजार
मंसिर ४ गते ५ लाख
मंसिर ५ गते ४ लाख ५५ हजार
मंसिर ६ गते २० लाख
मंसिर ७ गते ३५ लाख
मंसिर ८ गते २५ लाख
मंसिर ९ गते २४ लाख ५० हजार
मंसिर १० गते समापनमा २२ लाख
जम्मा १ करोड ५८ लाख हजार रुपैयाँ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार