Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

१४ करोड ८१ लाख अवैध आर्जन गरेको भन्दै नासु गुप्ताविरुद्ध मुद्धा दायर

Madan-Gupta1-1574781912.jpg

१० मंसिर, हेटौँडा । मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले १४ करोड ८१ लाख रुपैँया अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर भएको छ ।

पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिरहेको भन्दै उजुरी परेपछि छानविन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गुप्ता विरुद्ध १४ करोड ८१ लाख ८९ हजार २३ रुपैंया स्रोत पुष्टी हुन नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको भन्दै विशेया अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए । गुप्ताले सरकारी सेवा थालेको २०४७ असार २७ देखि आर्थिक बर्ष ०७५/०७६ सम्मको आयव्यय हिसाव गर्दा ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैँया मात्रै बैध आर्जन गरेको देखिएको थियो । तर गुप्ता र उनको परिवारको नाममा घर, जग्गा, गाडि, बैंक मौज्दातबाट १४ करोड ८१ लाख ८९ हजार २३ रुपैंया स्रोत पुष्टी हुन नसकेको जनाईएको छ ।

यस्तो छ विवरण

मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले कारवाही गरी पाउँ भनी आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज मदनप्रसाद गुप्ता मिति २०४७।३।२७ मा मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत निजको सार्वजनिक सेवा प्रवेश देखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गरी हेर्दा निजको तलव पारिश्रमिक बचत आय/घर जग्गा विक्री/विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा/छोरा रकि गुप्ताको आय/घर बहाल आय समेत गरी रु. ४¸५४¸७२¸२४६।- (चार करोड चौवन्न लाख वहत्तर हजार दुई सय छयालिस) वैध आय आर्जन भए गरेको देखिन्छ । 
अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी घर/जग्गा/सवारी साधन/व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइयो । 
निज मदनप्रसाद गुप्ताले परिवारका सदस्यहरुका नाममा घरखरिद तथा निर्माणमा रु. ४¸०८¸५१¸०००।-¸ परिवारका सदस्यहरुका नाममा जग्गा खरिदमा रु. ९०¸१४¸१००।-¸ बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा रु. ३¸२७¸४५¸०१२।-¸ पुँजीगत लगायतका कर शिर्षकमा रु. ९¸७०¸२६०।-, सवारी साधन खरिदमा रु. २७¸६२¸५००।-¸ पार्वती स्टेशनरी/गायत्री निशान अटो कर्प प्रा.लि./नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा रु. ७१¸००¸०००।-¸ सापटी दिएको रु. ४३¸००¸००५।-¸  पारिवारिक लालन पालन लगायतका अतिरिक्त खर्च/शैक्षिक खर्च/सुन चाँदी खरिद/विद्युतीय उपकरण/छोरा विक्कि गुप्ताको विवाह लगायतमा रु. ६१¸००¸०००।– यसैगरी परिवारका सदस्यहरु बाहेकका अन्य व्यक्तिहरु कविता कुमारी/राजेश कुमार गुप्ता / इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरुमा रु. ५¸२७¸८९¸५००।-¸ परिवारको सदस्य बाहेकका अन्य व्यक्ति निरज कुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा रु. ४०¸००¸०००।-¸ परिवारको सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा लगानीमा रु. ४०¸००¸०००।- र निज नायव सुब्बा मदनप्रसाद गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरुमा देखिएको मौज्दात रु. २¸८५¸२८¸८९२।- समेत गरी जम्मा रु. १९¸३६¸६१¸१६९।- (उन्नाइस करोड छत्तीस लाख एकसठ्ठी हजार एक सय उनान्सत्तरी) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु. ४¸५४¸७२¸२४६।- (चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस) को तुलनामा रु. १४¸८१¸८९¸०२३।– (चौध करोड एकासी लाख उनानब्बे हजार तेइस) बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु. १४¸८१¸८९¸०२३।–निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मदनप्रसाद गुप्ता उपर विगो रु. १४¸८१¸८९¸०२३।–कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायको साथै निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको आफ्नो र परिवार तथा आफन्तका नाममा राखेको सम्पत्तिको विगो रु. १४¸८१¸८९¸०२३।–साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ (ग)¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जफतसमेत गर्ने प्रयोजनको लागि निज मदनप्रसाद गुप्ता लगायत निजकी श्रीमती रिता देवी¸ छोराहरु विक्कि गुप्ता र रकि गुप्ता¸ अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादव समेतलाई आज सम्मानित विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार