Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मूख्यमन्त्रीद्वारा विपि स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन

20260311_142821-1773219083.jpg

२७ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् ।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसंग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तल्ले अस्पताल भवनमा १० शैया रहेको छ । 
अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ । अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहेका छन् । तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।
अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलव्ध हुने जनाईएको छ । २१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटर टाढा छ । जिल्लाकै दुर्गम पालिकामध्येको एक कैलाश गाउँपालिका स्वास्थ्य सुविधामा पछि परेको पालिका हो । यहाँका स्थानीय उपचारका लागि सदरमुकाम हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।
अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाको १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा लाभान्वित हुने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र घिसिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जग्गादाता र भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार