Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

सालक पार्कको महायज्ञमा बानियाँको ३० लाख प्रतिवद्धता, ८० लाख संकलन

Saptaha3-1582295552.jpg

९ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा शुक्रबार मात्रै थप ९ लाख ८ हजार ७ सय ४० रुपैयाँ संकलन भएको हो ।  

शुक्रबार  हेटौंडा–१७ का स्वर्गीय कुलदिप विडारीका नातीहरुको तर्फबाट ७५ हजार, हेटौंडाका व्यवसायी रविकुमार श्रेष्ठबाट ५१ हजार १ सय ८, आरबी उखन विल्डर्स एण्ड सप्लायर्स प्रालिबाट ४० हजार १ सय ८, कृष्णकुमारी मानन्धरबाट तुलादानमार्फत ३५ हजार २ सय, हेटौंडा–१७ का व्यवसायी उत्तम श्रेष्ठबाट आफ्ना भाई दिपकको स्मृतिमा ३१ हजार १ सय ८, मुक्तिनाथ गौतमबाट तुलादनमार्फत २७ हजार ५ सय, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँबाट २५ हजार ५ सय २५, तिलकुमारी दाहालबाट तुलादानमार्फत १५ हजार ५ सय, विपन्न वर्ग महिला उपसमूहबाट १२ हजार ५ सय रुपैंया सहयोग प्राप्त भएको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए । 

बानियाँबाट ३० लाखको प्रतिवद्धता
बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले सालक पार्कको विकासका लागि ३० लाख रुपैँया सहयोगको प्रतिवद्धता गरेका छन् । शुक्रबार महायज्ञमा पुगेका बानियाँले पर्यटकीय क्षेत्र सालक पार्कको विकासका लागि ३० लाख रुपैंया सहयोगको प्रतिवद्धता गरेका हुन् । उनले प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेटबाट ३० लाख रुपैँया उपलव्ध गराउने बताएका हुन् । उनले पर्यटनको विकासको क्षेत्रमा प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सालक पार्कमा ३० लाख रुपैंया उपलब्ध हुने बताए । अहिले पनि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३० लाख रुपैंया बजेट उपलव्ध भएर कार्यान्वयनको क्रममा रहेको भन्दै आफुले थप ३० लाख रुपैंया उपलव्ध गराउने बताए । उनले महायज्ञ उद्घाटन समारोहका प्रमुख अतिथि मूख्यमन्त्री डोरमणी पौडेल, पर्यटन मन्त्री अरुण नेपाल र आफुबीच सालक पार्कको विकासका लागि एक मत रहेको समेत बानियाँले स्पष्ट पारे ।

यसैगरी, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालबाट ११ हजार १ सय ११, सानुबाबु भुजेलबाट ११ हजार १ सय ८, कृष्ण आधारभुत विद्यालयबाट ११ हजार १ सय ८, चुच्चेखोला सामुदायिक वन साकोसबाट ११ हजार १ सय ११, धिरजविक्रम न्यौपानेबाट ११ हजार १ सय ८, रामप्रसाद दाहालबाट ११ हजार १ सय ८, शिवकुमार गौतमबाट ११ हजार १ सय ८ रुपैँया आर्थिक संकलन भएको आयोजकले जनाएको छ । 

फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक नवराज न्यौपानेले बताए ।

यो पनि पढ्नुस्
बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'

Saptaha1-1582291572.jpg
Saptaha-1582291698.jpg
Saptaha2-1582291699.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार