File Photo
२० बैशाख, काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कांस्य पदक जितेकी एलिना महर्जनले कोरोना भाईरसका कारण गरिएको लक डाउनबाट समस्यामा परेका परिवारलाई सहयोग गरेकी छन्।
केही साताअघि उनले सागमा पदक जितेबापत प्राप्त हुने पुरस्कार रकमको आधा अंश सहयोग गर्ने बताएका थिए। त्यसै अनुरुप सरकारबाट प्राप्त दुई लाख नगद पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री लकडाउनका कारण समस्यामा परेका परिवारलाई हस्तान्तरण गरेकी हुन् । विभागीय नेपाल पुलिसकी एलिनाले सागमा टेबल टेनिसतर्फ महिला टिम इभेन्ट्समा कांस्य जितेकी थिइन् । नेपाल सरकारले टिम इभेन्ट्समा कांस्य जित्ने खेलाडीलाई जनही २ लाख नगद दिने घोषणा गरे अनुसार उनले वैशाखको पहिलो साता उक्त रकम प्राप्त गरकी थिइन् ।
एलिनाले सोही पुरस्कारबाट एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नम्वर १७ का विपन्न परिवारलाई हस्तान्तरण गरेकी हुन् । उनले चामल, दाल, चिउरा, नुन र तेल दुई सय घर परिवालाई हस्तान्तरण गरेकी हुन् । एलिनाले वडा नम्वर १७ को स्वीकृतिमा वडाका सदस्यहरु समेत राखेर वडाले संकलन गरेको तथ्यांकको आधारमा राहत सामग्री वितरण गरिएको बताइन् ।
साभार : नेपाल समाचारपत्र
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




