Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर

20201005_102506-1601872886.jpg

१९  असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् । 

जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै नेता बानियाँले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गरेकोमा श्रेष्ठसहित दाताहरुलाई धन्यवाद दिंदै यस्ता सामाजिक कामको निरन्तरताका लागि आग्रह गरे । उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गरे । 

घर निर्माण भएपछि आफ्नो ३ जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुशी व्यक्त गरे । ३ महिना अघि निर्माण थालिएको घरका लागि २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च भएको श्रेष्ठले बताए । कार्यक्रममा घर निर्माणको पहल गरेका तरुण नेता श्रेष्ठले दाताहरुको सहयोगका कारण आफ्नो पहल सार्थक भएको भन्दै दाताहरुप्रति आभार व्यक्त गरे । 

कार्यक्रममा हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने,नेपाली कांग्रेस हेटौँडा नजरसभापति आनन्दराम पराजुली,कांग्रेस हेटौँडा-१ का सभापति  हरिकृष्ण महर्जन, तरुण नेता राजेश भेटवाल,दिनेश लामा,सुमन लामा,सुमन अर्याल लगायतकाको उपस्थिति रहेको थियो। 

भवन निर्माण का सहयोगी तथा खर्च विवरण 

20201005_102117-1601872954.jpg
20201005_104213-1601874045.jpg

विकको पुरानो घर

20201005_104241-1601874048.jpg

विकेशलाल श्रेष्ठको पहलमा बनेको विकको नयाँ घर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार