Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिदेशीय टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

Nepali-Cricket1648033557-1648686955.jpg

१७ चैत, हेटौंडा । आशिफ शेखको अर्धसतकीय इनिङ्सको सहयोगमा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृखंलामा लगातार दोस्रो जित निकालेको छ । 
नेपाललाई सहज जित दिलाउन अर्धसतकीय खेल खेलका आशिफ ५७ रनमा पवेलियन फर्किएका थिए । ३८ बलको सामना गरेका आशिफले सात चौका र एक छक्का प्रहार गरेका थिए । 
स्कोरबोर्ड २५ रन बनाउदा दुई विकेट गुमाएको नेपालको इनिङ आशिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै उकासेका थिए । दीपेन्द्रले १७ बलमा एक चौका र एक छक्कासहित २१ रन बनाउँदा दीलिप नाथले अविजित १५ रन र कुशल मल्लले दुई रन जोडे । 
यस्तै रोहितकुमार पौडेलले १२ रन थपे । त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए । मलेसियाका पवनदीप सिंहले दुई विकेट लिदाँ मुहम्मद अमिर र सेद अजिजले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको योगफल तयार पारेको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाएका थिए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन जोडेका थिए । 
मलेशियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई÷दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट आफ्नो नाममा लेखाए । 
यसअघिको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई १५ रनले पराजित गरेको थियो । टी–२० शृखंला अन्तर्गत नेपालले बिहीबार आज पिएनजीसँग दोस्रो खेल खेलनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार