Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिदेशीय टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

Nepali-Cricket1648033557-1648686955.jpg

१७ चैत, हेटौंडा । आशिफ शेखको अर्धसतकीय इनिङ्सको सहयोगमा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृखंलामा लगातार दोस्रो जित निकालेको छ । 
नेपाललाई सहज जित दिलाउन अर्धसतकीय खेल खेलका आशिफ ५७ रनमा पवेलियन फर्किएका थिए । ३८ बलको सामना गरेका आशिफले सात चौका र एक छक्का प्रहार गरेका थिए । 
स्कोरबोर्ड २५ रन बनाउदा दुई विकेट गुमाएको नेपालको इनिङ आशिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै उकासेका थिए । दीपेन्द्रले १७ बलमा एक चौका र एक छक्कासहित २१ रन बनाउँदा दीलिप नाथले अविजित १५ रन र कुशल मल्लले दुई रन जोडे । 
यस्तै रोहितकुमार पौडेलले १२ रन थपे । त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट भएका थिए । मलेसियाका पवनदीप सिंहले दुई विकेट लिदाँ मुहम्मद अमिर र सेद अजिजले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको योगफल तयार पारेको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाएका थिए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन जोडेका थिए । 
मलेशियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई÷दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट आफ्नो नाममा लेखाए । 
यसअघिको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई १५ रनले पराजित गरेको थियो । टी–२० शृखंला अन्तर्गत नेपालले बिहीबार आज पिएनजीसँग दोस्रो खेल खेलनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार