Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएल क्रिकेटमा चेन्नेईको दोस्रो जित

dhoni-csk-1650588884.jpg

google

९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेन्नेईले तीन विकेटको रोमाञ्चक जित निकालेको हो ।
मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाएका हुन् । उनले तीन चौका र एक छक्काको मदतले नटआउट रहदै २८ रन बनाए । । उनले अन्तिम बलमा विजयी चौका प्रहार गरेका थिए । 
चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाउँदा रोविन उथप्पा ३०, ड्वेन प्रिटोरियस २२, सिवम दुबे १३ र मिचेर स्यान्टनरले ११ रन बनाए । मुम्बईका ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ तथा रिले मेरेडिथले १ विकेट लिए ।
यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । उसका लागी तिलक वर्माले नकआउट ५१ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ३२, ऋतिक सोकिनले २५ रन बनाए ।
चेन्नेईका लागी मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिँदा ड्यान ब्राभोले २ तथा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान एक एक विकेट लिए । 
यस सिजना आइपिएलका सर्वाधिक दुई टठोली मुम्बई र चेन्नइले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । मुम्बई सुरुवाती ७ चरणका खेल सकिदाँ जित विहीन अवस्थामा शुन्य अंक सहित तालिकाको पुछारमा छ । यस्तै चेन्नेई दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार