Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए सँग पराजित 

cricket-1024x683-1651451721.jpg

१९ बैशाख, हेटौंडा । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । 
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । नेपालले पहिलो विकेट २७ रन हुँदा गुमाएको थियो । ओपनर आशिफ शेख व्यक्तिगत ९ रनमा गुमाएको हो । 
त्यस्तै दोस्रो विकेट टिमको स्कोर ८४ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल ४६ रनमा आउट भएका थिए । ३१ बल खेलेका कुशलले ८ चौका प्रहार गरेका थिए । स्कोर बोर्डमा १२३ रन जोड्दा रोहित पौडेल ३६ रन बनाउँदै आउट भएका थिए । 
दिपेन्द्र २८  रनमा रनआउट भएका थिए । त्यस्तै आरिफ दुई रन बनाएर पविलियन फर्किए । मोहम्मद अदिल अन्सारी ४७ रनमा तथा करण केसी ४ रनमा अविजित रहे । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए । 
जवाफमा जिम्बावे ए टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । 
जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए भने कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।
जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार