२२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र कलाकर्मी र पत्रकार गरि ७ जना लाई हेटौंडामा नगद सहित सम्मान गरेको छ । चलचित्र पत्रकारिता स्थापना दिवसको अवसर आइतबार नगद सहित ७ जनालाई सम्मान गरेको हो । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष बिदुर गिरीलाई सम्मान गरिएको हो । दाहाल र भोम्जनलाई नगद ५÷५ हजार र गिरीलाई १० हजार नगद सहित सम्मान गरिएको हो ।
यस्तै चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाल र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट चलचित्र पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष दिपज्योति थापालाई सम्मान गरिएको छ । यसैगरी चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट लेखक एवं निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी र थापालाई नगद ५ हजार सहित सम्मान गरिएको छ ।
त्यसैगरी चलचित्र पत्रकार संघ मकवानपुरले आफ्नो स्थापना दिवसमा पत्रकार संघ मकवानपुर अध्यक्ष तथा संघका अध्यक्ष मणिराज गौतमलाई पनि कदरपत्रले सम्मान गरेको छ । चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मानित हुने सबैलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ केन्द्रीय पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र निर्माता संघका सदस्य सुशान्त श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...







-1792888897.jpg)




-nepal-1792111426.jpg)




