Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिभुवन आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

गोल्डकप-ह-1654530156.jpg

२३ जेठ,हेटौंडा । एपीएफ क्लवलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । 
सोमबार भएको खेलमा आर्मीले एपीएफलाई टाइब्रेकरमा हराएको हो।निर्धारित समय एक।एक गोलको बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत सेमीफाइनल यात्रा तय गरेको हो। 
टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नविन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गरेका थिए।मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए ।
खेलमा आर्मीले सुरुवाती अग्रता लिएपनि अतिरिक्त समयको अन्तिममा एपीएफले बराबरी गोल गरेको थियो । आर्मीका लागि ७६ औं मिनेटमा पेनाल्टीमार्फत दिनेश हेन्जनले गोल गरेका थिए । 
एपीएफका कप्तान तोपबहादुर बिष्टले आर्मीका सन्तोष केसीलाई डीबक्स क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई हेन्जनले गोलमा परिणत गरेका हुन् । त्यसअघि खेलको ४० औं मिनेटमा प्राप्त पेनाल्टीलाई भने आर्मीले गोल गर्न सकेन । विवेक बस्नेतको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । अतिरिक्त समयको केही सेकेण्ड बाँकी रहँदा एपीएफका वैकल्पिक खेलाडी युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तले दुवै टिमले केही राम्रा अवसरहरु खेर फालेको थियो । खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 
जारी प्रतियोगितामा बुधबार मनाङमर्स्याङ्दी क्लव र नेपाल पुलिस क्लवको बीचमा खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । 
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार