Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकप: मकवानपुर ११ विजयी

IMG-20230211-WA0001-1676126920.jpg

२८ माघ हेटौंडा । शनिवारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा स्थानीय टिम मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा स्थानीय टिम मकवानपुर ११ ले मोफसलको टिम नव जनजागृति क्लव सिमरा, बारालाई हराउँदै विजयी सुरुवात गरेको हो ।
मकवानपुरले सिमरालाई २–० गोल अन्तरले हराएको हो । मकवानपुरको जितका लागी प्रितम स्याङ्वो र फागुराम चौधरीले एक एक गोल गरे । दुबै गोल पहिलो हाफमा संभव भएको थियो । स्याङ्वोले खेलको पहिलो हाफको १२ औं र चौधरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । 
शनिवारको खेलको म्यान अफ दि म्याच मकवानपुर ११ का विदेशी खेलाडी एल्यु घोषित भए उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरेका छन् । आइतबारको खेल विभागीय टोली ए.पि.एफ. क्लब र सातदोवाटो ललितपुरबीच हुने आयोजकले जनाएको छ  ।
यसबर्ष स्थानीय टिम मकवानपुर ११ सहित ७ वटा ‘ए’ डिभिजन क्लब, एउटा विदेशी टिम र ३ वटा मोफसलका टिमहरुको सहभागिता रहेको छ  । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
यस्तै प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार