Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः वीरगञ्ज युनाइटेड क्वार्टरफाइनलमा

foot-1676334681.jpg

२ फागुन, हेटौंडा । ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो । एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो । कृतिसरत्न छुन्जुको प्रहारमा रिबाउण्ड आएको बललाई मगरले गोलमा परिणत गरेको हो । 
२९ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले बराबरी गोल फर्काए । ५० औं मिनेटमा कृपा चौधरीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए । एनआरटीका डिफेण्डरले वीरगञ्जका खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई उनले सिधै गोलमा परिणत गरेका हुन् । 
७४ औं मिनेटमा कृपाले नै वीरगञ्जका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । रिबाउण्ड बललाई नियन्त्रणमा लिँदै उनले सहजै गोल गरेका हुन् । ७८ औं मिनेटमा एनआरटीका लालनुन जामाले गोल गर्दै अग्रता घटाएपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । 
खेलमा दुई गोल गरेका वीरगञ्जका कृपा चौधरी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा मंगलबार हिमालयन शेर्पा क्लवले सर्लाहीको बागमती युवा क्लवसँग खेल्नेछ । 
प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैया“ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार