१ चैत, कैलाश । कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर १० ले जितेको छ ।
मंगलबार दिउँसो कैलाश–९ स्थित नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो । उपाधी विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कारमा चित्त बुझाएको छ ।
वडा नम्बर १० लाई उपाधी जिताउन सुमन स्याङ्तनले व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । वडा नम्बर ५ का लागि हिरा सिंतानले एक गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सुर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भएका छन् । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको प्रतियोगिताका सहसंयोजक रविन्द्र थिङले जानकारी दिए ।
कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















