२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित बुद्ध माविको खेल मैदानमा जारी हेटौंडा उपमहानगरपालिका उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।
पुरुष र महिला दुवैतर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ र महिलातर्फ ९ नम्बर वडा फाइनलमा पुगेको छ । फाइनलमा वडा नम्बर १९ सँग पुरुषतर्फ ११ नम्बरले र महिलातर्फ ९ नम्बर वडाले फाइनल खेल्नेछ ।
यसअघि मंगलबार भएको सेमिफाइनलमा पुरुषतर्फ १९ ले ४ नम्बर वडालाई २५–९, २५–१३ र २५–१६ को सेटमा हराएको हो । यस्तै ११ ले ५ नम्बर वडालाई २५–१८, २५–२० र २५–१२ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । यता महिलातर्फ १९ नम्बर वडाले साविक विजेता १७ नम्बर वडालाई ३०–२८, २१–२५, २५–१३ र २५–२३ को सेटमा हराउँदा ९ ले १४ नम्बर वडालाई ३१–२९, २५–१५ र २५–२१ को सेटमा पाखा लगाएको छ ।
केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा पाँचौ संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता २७ गतेबाट जारी रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सयसहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ९ वटा वडाले सहभागिता जनाएको छ । फाइनल खेल आज बुधबार दिउँसो हुने प्रतियोगिता संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















