Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उपमेयर कप भलिबलको उपाधि वडा नम्बर १९ र ११ लाई

adfad-1681352979.PNG

३० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो । बुधबार भएको फाइनलमा महिलतर्फ वडा नम्बर १९ ले वडा नम्बर ९ र पुरुषतर्फ पुरुषतर्फ ११ ले वडा नम्बर १९ लाई हराउँदै उपाधि जितेका हुन् ।
महिलातर्फको उपाधि वडा नम्बर १९ ले ३–२ को सेटमा जितेको हो । वडा नम्बर १९ ले खेल २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो । तीन सेटसम्मको खेलमा २–१ ले पछि परेको वडा नम्बर १९ ले चौथो र पाँचौ सेटमा शानदार जित निकाल्न सफल भएपछि उपाधि उचालेको हो ।
यस्तै पुरुषतर्फको फाइनल खेलमा ११ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ को सेटमै पराजित गरेको हो । अति नै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ ले लगातार दुई सेट क्रमशः १९–२५ र २१–२५ ले जितेको थियो । तर १९ नम्बर वडाले तेस्रो र चौथो सेटमा क्रमशः २५–१८ र २५–२१ को जित निकालेपछि खेलको निर्णय पाँचौ सेटबाट लिइएको थियो । अन्तिम सेटमा वडा नम्बर ११ ले १५–११ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
जितसँगै दुबै बिजेता टोलीले नगद ५० हजार सहित ट्रफि प्राप्त गरेका छन् भने उपविजेता बनेका दुबै टिमले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका महिला र पुरुषतर्फका गरि चारवटै टिमले १०÷१० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार