३० चैत, थाहा नगर । थाहा नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिला तर्फ सुष्मा घलान विजयी भएका छन् ।
‘स्वस्थ्य मुटुको लागि दौड’ भन्ने नाराका साथ भएको थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका ११ का लो प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ५५ सेकेण्डमा पुरा गरेका थिए ।
यस्तै महिलातर्फ ३ किलोमिटर निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै थाहा १२ कि सुश्मा घलान प्रथम भईन् । प्रथम भएका महिला र पुरुष खेलाडीले जनही १२ हजार नगद सहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।
यस्तै पुरुषतर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोश्रो भएभने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेश्रो भए । यसैगरी महिलातर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोश्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेश्रो भईन् ।
प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः ८ हजार र ५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ २१ जना महिलातर्फ ११ जना खेलाडीले सहभागीता जनाएका थिए ।
विजयी खेलाडिहरुलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा न १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, वडा नम्बर ४ का अध्इक्ष नारायण लामा, खेलकुद विकास समितिका सदस्य सचीव अनिल लामिछाने, फरक सोचका संयोजक यादवजंग रायमाझी, ल्याम्ह पुचः मकवानपुरका अध्यक्ष सुविन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















