३० चैत, थाहा नगर । थाहा नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिला तर्फ सुष्मा घलान विजयी भएका छन् ।
‘स्वस्थ्य मुटुको लागि दौड’ भन्ने नाराका साथ भएको थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका ११ का लो प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ५५ सेकेण्डमा पुरा गरेका थिए ।
यस्तै महिलातर्फ ३ किलोमिटर निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै थाहा १२ कि सुश्मा घलान प्रथम भईन् । प्रथम भएका महिला र पुरुष खेलाडीले जनही १२ हजार नगद सहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।
यस्तै पुरुषतर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोश्रो भएभने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेश्रो भए । यसैगरी महिलातर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोश्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेश्रो भईन् ।
प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः ८ हजार र ५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ २१ जना महिलातर्फ ११ जना खेलाडीले सहभागीता जनाएका थिए ।
विजयी खेलाडिहरुलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा न १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, वडा नम्बर ४ का अध्इक्ष नारायण लामा, खेलकुद विकास समितिका सदस्य सचीव अनिल लामिछाने, फरक सोचका संयोजक यादवजंग रायमाझी, ल्याम्ह पुचः मकवानपुरका अध्यक्ष सुविन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...






-1792715895.jpg)






-nepal-1792111426.jpg)



