१२ जेठ , हेटौंडा । दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । यस्तै प्रतियोगिताको पुरुषतर्फ काभ्रेका प्रवीणकुमार दियाली र महिला तर्फ नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो यस्तै काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्य सहित दोस्रो भएको छ भने २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट तेश्रो भएको छ ।
पुरुष र महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ तथा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण जितेका छन् । प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोले स्वर्ण जितिन् । प
ुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १०० केजीमुनि काभ्रेका आकाश आले मगर र १०० केजीमाथि काठमाडौंका वसिस्ट महर्जन शीर्ष स्थानमा रहे । दुईदिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















