२० जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिवार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–२० ले जितेको एपीएफले दास्रो सेट भने १७–२५ मा गुमएको थियो । त्यसपछिका दुबै सेट लगातार २५–१७ र २९–२७ ले आफ्नो पक्षमा पार्दै एपीएफले उपाधि उचालेको हो । उपाधि विजेता एपीएफले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सिमिति भएको आर्मीले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै सेमीफाईनलमा पुग्न सफल भएका नेपाल प्रहरी र गण्डकी भलिबल टिमले जनही ५०÷५० हजार नगद प्राप्त गरेका छन् । विद्यागत उत्कृष्ट हुन सफल खेलाडी तथा कोचलाई समेत नगद सहितपुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बन्न सफल एपीएफका विजय थापाले नगद १५ हजार सहित शिल्ड प्राप्त गरे ।
यसैगरी वेष्ट स्पाइकर आर्मी क्लबका शरण सामरी, वेष्ट ब्लकर आर्मी कै सनोज चौधरी, वेष्ट डिफेन्डर आर्मी कै इश्वर थापा, वेष्ट सेटर एपीएफका सुवास कुँवर र वेष्ट कोच एपीएफका पुष्पजंग मल्ल घोषित भए उनीहरुले जनहरु नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेत, उपविजेता र विद्यागत उत्कृष्टहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट लगाएताले पुरस्कार प्रदान गरेका थिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















