६ असार, हेटौंडा । हेटौंडामा सुरु भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक एफसी विजय यूथले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा अग्रसर यूथ क्लवलाई ३–२ गोल अन्तरले हराउँदै विजय यूथले विजयी यात्रा सुरु गरेको हो ।
विजय यूथका लागि विदेशी खेलाडी ग्लोरीले दुई तथा शान्ता गुरुङले एक गोल गरे । यस्तै अग्रसरको लागी अजय सापकोटा र रोशन बलामीले एक÷एक गोल फर्काए । दुई गोल गरेका ग्लोरी नै खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगितालाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले उद्घाटन गरेका हुन् । खड्गीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । यस्ता प्रतियोगितालाई स्थानी सरकार एवम् संघसंस्थाले सहयोग गर्नु जरुरी रहेको उनको भनाई थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम आयोजक विजय यूथ क्लवका अध्यक्ष सुदीप राजबाहकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लवका सचिव राजेश भेटवालले सहजिकरण गरेका थिए ।
१५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा र नगद १० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मकवानपुरका क्लवहरु हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्के जोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव र हेटौंडा फुटबल एकेडेमी ‘ए’ गरी १६ टिम सहभागी छन् ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




