२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ । मंगलबार बैंगलोरमा भएको फाइनलमा भारतले आमन्त्रित कुवेतलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो ।
भारतको जितमा गोलरक्षक गुरप्रित सिंह नायक सावित भए। उनले कुवेती दुई खेलाडीको पेनाल्टी सट रोक्दै भारतलाई साफ च्याम्पियन बनाए। टाइब्रेकरमा ५ मध्ये दुबै टिमले समान ४-४ गोल गरेका थिए। तर सडन डेथमा भने भारतले बाजि मार्न सफल भयो। निर्णायक पेनाल्टीमा कुवेतका कप्तान अल इब्राहिम गोल गर्न चुकेका थिए। तर त्यसअघि टाइब्रेकरमा पहिलो सटमानै कुवेतका अब्दुल्लाहको सट गुरप्रितले जोगाएका थिए। तर भारतका उदान्त सिंहले गोल गर्न चुक्दा पुन कुवेत खेलमा फर्किएको थियो। तर सडन डेथमा कप्तानको प्रहारलाई जोगाएसँगै भारत च्याम्पियन बन्यो। भारतका लागि भने सडन डेथमा महेश सिंहले गोल गरेका थिए।
निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भारतले ५-४ ले खेल आफ्नो पक्षमा पारेको थियो। यसअघि सेमिफाइनलमा पनि भारतले अर्को अरेबियन टोली लेबनानलाई पेनाल्टी सुटआउटमानै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
खेलमा अग्रता भने कुवेतले लिएको थियो। १४ औं मिनेटमा कुवेतका स्ट्राइकर शबेव अल खल्दीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लेफ्ट विंग्स अब्दुल्ला अमरको क्रसलाई गोलमा परिणत गरे। तर ३८ औ मिनेटमा लालिन जुवालाले भारतका लागि बराबरी गोल गर्दै भारतलाई खेलमा फर्काए। तर त्यसपछि निर्धारित र अतिरिक्त समय बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा भारतले बाजि मार्न सफल रह्यो।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















