file photo
२८ असार, हेटौंडा । लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो ।
सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो । संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गर्न लागेको हो ।
बिशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज शनिबार बिहान ६ः०० बजे हेटौंडा–४ हुुप्राचौरस्थित पशुपतिनाथ मन्दिरबाट सुरुभई रानीमन्दिर, कुुष्माण्ड सरोवर त्रिबेणीधाम, रामहनुमान मन्दिर, ब्रम्हकुमारी राजयोग, सन्तोषिमा, रत्नकाली, दक्षिणकाली, मुक्तिनाथ, मुक्तेश्वर, बुढानीलकण्ठ, कल्याणेश्वर, लक्ष्मीनारयण, कृष्णप्रणामी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पुण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायत २० वटा मन्दिर परिक्रमा गरिँदैछ ।
सोसाइटीले बुधबार भुटनदेवी मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी कोरा च्यालेन्जको जानकारी दिएको हो । २० वटा भन्दा बढी मन्दिर परिक्रमा पछि भुटनदेवी मन्दिरमा कार्यक्रमको समापन गरिने सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । कोरा च्यालेन्जका सहभागी साइकलयात्रीलाई हेटौंडा उपमहानगरका वडा नं १,२,४,५ का कार्यालय, बिभिन्न मन्दिर ब्यवस्थापन समितिहरुले स्वागत गर्नेछन् ।
कोरा राइडर्सलाई नेपाल टेलिकम हेटौंडा शाखाले मुख्य प्रायोजन गर्दैछ भने होटल स्मारक सहप्रायोजकको भूमिका निर्वाह गर्दैछ ।
करिव २५ किमि धार्मिक साइकल यात्रा गर्न कम्तिमा ८ वर्षदेखि ७० वर्षसम्मका करिव २०० जना साइकलयात्री सहभागी हुने सोसाइटीका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
कोरा च्यालेन्जको मुुख्य आकर्षणको रुपमा यो वर्ष हेटौंडा–१ को महिला १८ जनाको समूहले पञ्चैबाजा बजाएर साइकल ¥यालीलाई साथ दिदैंछन् । कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, स्कार्फ, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । यो कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सोसाइटीका प्रेस सल्लाहकार भानुभक्त आचार्यले जानकारी दिए ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















