file photo
२८ असार, हेटौंडा । लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो ।
सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो । संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गर्न लागेको हो ।
बिशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज शनिबार बिहान ६ः०० बजे हेटौंडा–४ हुुप्राचौरस्थित पशुपतिनाथ मन्दिरबाट सुरुभई रानीमन्दिर, कुुष्माण्ड सरोवर त्रिबेणीधाम, रामहनुमान मन्दिर, ब्रम्हकुमारी राजयोग, सन्तोषिमा, रत्नकाली, दक्षिणकाली, मुक्तिनाथ, मुक्तेश्वर, बुढानीलकण्ठ, कल्याणेश्वर, लक्ष्मीनारयण, कृष्णप्रणामी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पुण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायत २० वटा मन्दिर परिक्रमा गरिँदैछ ।
सोसाइटीले बुधबार भुटनदेवी मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी कोरा च्यालेन्जको जानकारी दिएको हो । २० वटा भन्दा बढी मन्दिर परिक्रमा पछि भुटनदेवी मन्दिरमा कार्यक्रमको समापन गरिने सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । कोरा च्यालेन्जका सहभागी साइकलयात्रीलाई हेटौंडा उपमहानगरका वडा नं १,२,४,५ का कार्यालय, बिभिन्न मन्दिर ब्यवस्थापन समितिहरुले स्वागत गर्नेछन् ।
कोरा राइडर्सलाई नेपाल टेलिकम हेटौंडा शाखाले मुख्य प्रायोजन गर्दैछ भने होटल स्मारक सहप्रायोजकको भूमिका निर्वाह गर्दैछ ।
करिव २५ किमि धार्मिक साइकल यात्रा गर्न कम्तिमा ८ वर्षदेखि ७० वर्षसम्मका करिव २०० जना साइकलयात्री सहभागी हुने सोसाइटीका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
कोरा च्यालेन्जको मुुख्य आकर्षणको रुपमा यो वर्ष हेटौंडा–१ को महिला १८ जनाको समूहले पञ्चैबाजा बजाएर साइकल ¥यालीलाई साथ दिदैंछन् । कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, स्कार्फ, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । यो कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सोसाइटीका प्रेस सल्लाहकार भानुभक्त आचार्यले जानकारी दिए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




