Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बंगलादेश एसिया कप-२०२३ को सुपर फोरमा प्रवेश

IMG_8073-1693788214.jpg

१८ भदौ, काठमाडौं । बंगलादेश एसिया कप-२०२३ को सुपर फोरमा प्रवेश गरेको छ । 
आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप-२०२३ को सुपर फोरमा प्रवेश गरेको हो ।
बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो । 
अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन थपे । रहमत साहले ३३, राशिद खानले २४, नजिबुल्लाह जद्रानले १७ र गुलबदिन नैबले १५ रन बनाए । 
बंगलादेशका तक्सिन अहमेदले चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए । सोरिफुल इस्लामले तीन विकेट लिदा हसन मह्मुद र मेहदी हसनले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३४ रनको योगफल खडा गरेको थियो । 
बंगलादेशका मेहदी हसन र नज्मुल हुसैन सान्टोले शतक बनाए । मेहदी हसनले ११९ बलमा सात चौका र तीन छक्का प्रहार गरे । नज्मुलले १०५ बलमा नौ चौका र दुई छ्क्का प्रहार गरे ।
अफगानिस्तानका मुजिब उररहमान र गुलबदिन नैबले समान एक विकेट लिए । जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार