Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आज हेटौँडामा मिस्टर मकवानपुर २०८० हुने

Capture-1696035250.JPG

१३ असोज, हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा आज शनिवार हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । 
हेटौँडा २ मा रहेको पल्पसा प्याराडाइजमा हुने मिस्टर मकवानपुर २०८० मा  मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप र मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुन लागेको हो । 
तीन विधामा गरी ५० जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ५५ औं एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजीमा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन पनि रहने अध्यक्ष भेट्वालले बताए ।
प्रतियोगिताका संयोजक सुनिल लोप्चनका अनुसार मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप मिस्टर मकवानपुर भेट्रान्स विधामा प्रतिस्पर्धा गराईने छ । 
मिस्टर मकवानपुरको विजेतालाई एक लाख, द्वितियलाई ५० हजार र तेस्रो हुनेलाई तीस हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने प्रतियोगिता संयोजक लोप्चनले जानकारी दिए ।
महासंघका अध्यक्ष भेटवालले शारीरिक सुगठन तथा फिट्नेसमा भेट्रान्सहरुलाई समेटेर प्रतियोगिता गर्न लागेको नेपाल मै यो पहिलोपटक भएको दावी गरे । उनले बिशेषगरी शारीरिक सुगठन तथा फिट्नेसमा लागेका र स्वस्थ्य जिवन जिउनको लागी सबैलाई प्रेरण मिलोस भन्ने उद्देश्यले मिस्टर मकवानपुर भेट्रान्स विद्यालाई प्रतियोगितामा समेटिएको बताए । 
हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै पालिकाहरुको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको पनि अध्यक्ष भेट्वालले जानकारी दिए । प्रतियोगिता सम्पनन गर्नका लागी करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पनि अध्यक्ष भेट्वालले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार