Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

वडाध्यक्ष कपमा आयोजकको विजय शुरुवात

dfa-1696553662.jpg

१९ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजयसुरु गरेको छ ।
बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २-० गोल अन्तरले हराएको हो । जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् । आयोजक टिमका क्षेत्री नै खेलको म्यान अफ द म्याच भए । 
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
प्रतियोगिताको बिहीबार मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले खेलकुदसहित पालिकाको सर्वाङ्गीण विकासका लागि आफूहरु लागिपरेको धारणा राखे । खेलाडीहरुलाई उनले अनुशासित भएर खेल्न अनुरोध गरे । यसअघि मनहरीको ९ नम्बर वडाले पनि वडा अध्यक्ष कप फुटबल गराइसकेको स्मरण गर्दै उनले खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताए । 
आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मनहरी ३ नम्बर वडा सदस्य हिराबहादुर प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
उद्घाटन समारोहमा ए डिभिजन खेलाडी आशिष मोक्तान र ज्येष्ठ नागरिक पूर्णबहादुर स्याङ्तानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार