१९ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजयसुरु गरेको छ ।
बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २-० गोल अन्तरले हराएको हो । जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् । आयोजक टिमका क्षेत्री नै खेलको म्यान अफ द म्याच भए ।
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको बिहीबार मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले खेलकुदसहित पालिकाको सर्वाङ्गीण विकासका लागि आफूहरु लागिपरेको धारणा राखे । खेलाडीहरुलाई उनले अनुशासित भएर खेल्न अनुरोध गरे । यसअघि मनहरीको ९ नम्बर वडाले पनि वडा अध्यक्ष कप फुटबल गराइसकेको स्मरण गर्दै उनले खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताए ।
आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मनहरी ३ नम्बर वडा सदस्य हिराबहादुर प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा ए डिभिजन खेलाडी आशिष मोक्तान र ज्येष्ठ नागरिक पूर्णबहादुर स्याङ्तानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















