२७ असोज, हेटौँडा । हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि निर्मल माध्यामिक विद्यालय र चन्द्रोदय मावि भिड्ने भएका छन् ।
शुक्रबार गौरीटार रंगशालामा भएको सेमिफाइल खेलमा निर्मल मावि बस्तीपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बिच भएको खेल ट्राइब्रेकरमा टुङ्गो लागेको थियो ।
प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा टुङ्गो लागेको आयोजकले जनाएको छ । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४ र जनजागृति माविले २ गोल गरेको थियो ।
मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुँदै आएको यस प्रतियोगिताका लागि यस वर्षबाट अष्ट्रेलियमा बस्दै आएका हेटौँडा २ का रोशनप्रसाद दाहालले प्रायोजन गरेका छन् ।
दाहालले आफ्ना पिता कृष्णप्रसाद दाहालको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रायोजन गरेका हुन् ।
फुटबल सङ्घको तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहालबिच पाँचका लागि प्रायोजन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
फुटबल प्रतियोगिताका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ देखि पाँच वर्षका लागि प्रायोजनको जिम्मेवारी दाहालले लिएका हुन् । प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपियाँ दिने र सो रकममा प्रत्येक दुई वर्र्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ ।
दाहाल अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबका अध्यक्षसमेत छन् । प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुनेभएको छ ।
विजेताले ५० हजार, उपविजेताले २५ हजार शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छन् । फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



