Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीआई चैनपुर र हाँडीखोला क्वाटर्रफाइनलमा

ff-1697244757.jpg

२७ असोज, हेटौँडा । जेसीआई चैनपुरको आयोजनामा मनहरी गाउँपालिका ३ मा जारी जेसीज कप खुला फुटबल प्रतियोगितामा आयोजक चैनपुर र हाँडीखोला एफसी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
शुक्रबार भएको पहिलो खेलमा आयोजक चैनपुर जेसीजले जनसिद्ध युवा क्लवलाई ५–० गोलले हराएको हो । जेसीजको तर्फबाट सञ्जिव गिरीले ह्याट्रिक गर्दा उत्सव खड्का र सुशील सुनारले एक÷एक गोल गरे । 
पहिलो हाफ गोलरहित बराबरी भएकोमा चैनपुरले पाँचै गोल दोस्रो हाफमा गरेको थियो । ह्याट्रिक गरेका गिरी नै खेलको म्यान अफ द म्याच भए ।
 दोस्रो खेलमा लामिटार एफसीलाई टाइब्रेकरमा हराउँदै हाँडीखोला एफसीले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । 
खेलमा लामिटारले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । टाइब्रेकरमा हाँडीखोलाको तर्फबाट ४ गोल हुँदा लामिटारबाट २ गोल मात्रै भएको थियो । लामिटारको दुईवटा प्रहारलाई हाँडीखोलाका गोलरक्षक सुदिप गुरुङले बचाएका थिए । उनी नै खेलको म्यान अफ द म्याच भए । 
प्रतियोगितामा शनिबारबाट क्वार्टरफाइनल चरणका खेल सञ्चालन हुनेछ । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार र ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । खेलमा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार