२७ असोज, हेटौंडा । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोला लामिटारमा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रहरीको तर्फबाट देव सुनारले २ तथा दीपक घलेले एक गोल गरेका हुन् । खेलमा प्रहरीले नै सुरुवाती अग्रता लिएको थियो ।
हाँडीखोलाको तर्फबाट अभिनास राईले एक गोल गरेका थिए । हाँडीखोलाले पेनाल्टी समेत सदुपयोग गर्न सकेन । बिनय तामाङको पेनाल्टी प्रहारलाई प्रहरीका गोलरक्षक मनोज पुनले बचाएका थिए । खेलमा प्रदेश प्रहरी गणका विशाल थिङ म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा एफसी परेली बस्तिपुरलाई टाइब्रेकरमा हराउँदै सिमपानी एफसीले सेमिफाइनलमा स्थान बनाएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा परेली खेलबाट बाहिरिएको हो । निर्धारित समय एक एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा सिमपानी ४–३ गोलले विजयी भएको हो ।
खेलमा बस्तिपुरको तर्फबाट आशिष् लामा र सिमपानीको तर्फबाट मनिष पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा बस्तिपुरको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच परेलीका सुशान्त थिङ भए ।
यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद र ट्रफीको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा आइतबार आयोजक जेसीआई चैनपुरले केदारेश्वर युवा क्लव रजैयासँग र हाँडीखोला एफसीले सयपत्री क्लव सुनाचुरीसँग खेल्नेछ ।
दशैं, तिहार लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने र खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका १६ वटा टिमको सहभागिता रहेको छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

-1792888897.jpg)










-nepal-1792111426.jpg)




