Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पहिलो खेलमा नेपालद्वारा सिंगापुर पराजित

20231030_202014-1698676632.jpg

१३ कार्तिक, हेटौंडा । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।
नेपालको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रनको योगदान गरे। उनले ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ बनाए। खेलमा कप्तान रोहित पौडेल र कुशल मल्ल नट आउट भए। पौडेलले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन र मल्लले १ बलमा एक छक्का हानेर अविजित रहे। यसैगरी आसिफ शेखले २६ बलमा २७ रन बनाएका थिए ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। निर्धारित २० ओभरमा सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा सर्वाधिक ४६ रन बनाएका थिए ।
यसैगरी आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाउन सफल भए । यसैगरी मनप्रित सिंहले २४ रन, अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्य खेलाडीले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि अविनाश बोहोराले ३ विकेट, सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले समान २/२ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार