१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा न्युजिल्यान्डको यो दोस्रो फराकिलो अन्तरको हार हो। यसअघि २००७ मा अस्ट्रेलियासँग २ सय १५ रनले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले न्युजिल्यान्ड समक्ष जितका लागि ३ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा न्युजिल्यान्ड ३५.३ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित हासिल गरेको हो।
किवी टिमलाई हराएसँगै दक्षिण अफ्रिकाले सातौं खेलमा छैटौं जित निकाल्दै सेमिफाइनल लगभग पक्का गरेको छ। जारी विश्वकपमा भारत अपराजित रहँदा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग मात्र हारेको छ। दक्षिण अफ्रिकाले प्रतियोगितामा पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र श्रीलंकालाई हराएको छ।
महाराष्ट्र क्रिकेट एसोसिएसन (एमसीए) स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले उच्च स्कोरमा दुई खेलाडीले शतक बनाउँदा एक खेलाडीले अर्धशतकीय इनिङ खेले। दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनायो।
उसका लागि ओपनर क्विन्टन डिककले जारी विश्वकपमा चौंथो शतक प्रहार गरे। उनी १ सय १४ रनमा आउट हुँदा रसि भान डेर डुसानले १ सय ३३ रन बनाए। उनीहरुले दोस्रो विकेटका लागि २ सय रनको साझेदारी गरेका थिए।
दक्षिण अफ्रिकाले लगातार ८ औं खेलमा पहिले ब्याटिङ गर्दै ३ सय ५० प्लसको स्कोर बनाएको हो। ओपनर तथा कप्तान टेम्बा बभुमा २४ रनमा आउट भएपनि दक्षिण अफ्रिकाका लागि डिकक र डुसानले सानदार इनिङ खेले।
त्यस्तै डेभिड मिलरले ३० बलमा ५३ रनको अर्धशतकीय इनिङ खेल्दा हेनरिच क्लासेनले ७ बलमा १५ रन तथा एइडेन माक्रमले १ बलमा छक्का प्रहार गर्दै इनिङको अन्त गरे। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले १ रन बनाउँदा टिम साउदीले २ विकेट लिएका थिए। त्यस्तै जेम्स निसमले १ विकेट लिए।
जवाफमा न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ६० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक विल योङले ३३ तथा ड्यारीयल मिचेलले २४ रन बनाउनु थप दोहोरो रनको स्कोरका रुपमा रह्यो।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका केशब महराजाले ४ विकेट लिंदा मार्को जनसेनले ३ तथा कागिसो रबडाले १ विकेट लिंदा जेराल्ड कोट्जेको नाममा २ विकेट रह्यो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











