Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ देखि

Capture-1705715458.JPG

६ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको छैठौं संस्करण यहि माघ १६ देखि २७ गतेसम्म हुने भएको छ । 
आयोजकले प्रतियोगिताको तयारीको बारेमा शुक्रबार जानकारी दिँदै यसबर्ष प्रतियोगितामा १२ टिमको सहभागीता रहने जनाएको छ । आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको गौरिटार रंगशालामा हुने जानकारी दिए । 
अध्यक्ष लामाले यस वर्षको गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लवहरु चर्चब्वाइज युनाइटेड, संकटा क्लवको सहभागीता रहने जानकारी दिए ।
यस्तै प्रतियोगितामा हिमालयन शेर्पा क्लव, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, मच्छिन्द्र क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, बागमती युवा क्लव सर्लाही, राजारानी क्लव धनकुटा र एन्फा मकवानपुरको सहभागिता रहने अध्यक्ष लामाले बताए ।
मकवानपुरको डाँफे युवा क्लवले व्यवस्थापकीय जिम्मेवारी लएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने हरेक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी हरेक बर्ष झै यसबर्ष पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलेलाई बुलेट मोटरसाइकल प्रदान गरिने अध्यक्ष लामाले जानकार दिए । प्रतियोगिता सञ्चालनको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान गरेको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका १० स्थानीय तहहरुले आर्थिक सहयाग गर्ने पनि अध्यक्ष लामाले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार