१४ चैत, हेटौंडा । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ । रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
घरेलु टोली बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल–अस्वादले समान १÷१ गोल गरे । खेलको सातौँ मिनेटमै बहराइनले अग्रता लिएको थियो । यस्तै १८औँ मिनेटमा युसुफले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई २–० को अग्रता दिलाए । गोलरक्षक किरणले काउन्टर अट्याकमा बल रोक्ने क्रममा मोहमद मारहुनलाई फल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो ।
३६औँ मिनेटमा कमिलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । उनले वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । ७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सञ्जीव विष्टले बक्सबाट वान टच गोल गरेका थिए तर, साहयक रेफ्रीले अफसाइड दिएपछि नेपालको गोलले मान्यता पाएन ।
समूह ’एच’ मा रहेको नेपाल ४ खेलमा अंकविहीन रहँदै पुछारमा छ । नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग ४–०, यमनसँग २–० र बहराइनसँग पहिलो खेलमा ५–० गोल अन्तरले पराजित भएको थियो । यसै समूहमा युएई १२ अंकसहित शीर्ष स्थानमा छ ।
९ अंकसहित बहराइन दोस्रो र ३ अंक जोडेको यमन तेस्रोमा छ । यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३–० ले पराजित गरेको छ । योसँगै यूएईले शतप्रतिशत जित हासिल गरेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



