Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो

f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो । 
नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद मक्कोले तीन र म्याथ्यू फोर्डले एक विकेट लिए । 
यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए । 
शृङखला भने वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । नेपालको आजको जितसँगै पाँच खेलको शृङ्खला ३–२ मा सकिएको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । 
यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ’ए“ सँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । 
अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार