१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलस कीर्टनले ७३ रनको नटआउट इनिङ खेल्दा ओपनर नभनित धलिवालले ४८ रन बनाएका थिए।
त्यस्तै, डिलोन ह्यालीघरले ३० रन बनाउँदा हर्ष थकरले २७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा सदबिन जफर र पर्गत सिंहले समान १७-१७ रन बनाउँदा आरोन जोनसोन र कलिम सानाले १०-१० रनको स्कोर बनाएका थिए।
नेपालका लागि सोमपाल कामी, ललित राजवंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा, रोहित पौडेलले समान १-१ विकेट लिए।
२ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङको सिकार बन्यो। नेपालका लागि करन केसीको २७ रन सर्वाधिक बन्यो। उनी बाहेक सन्दीप लामिछानेले २२ रन बनाउँदा आसिफ शेखले २० तथा भिम सार्कीले १८ रन बनाएका थिए। गुल्सन झा १५ रन बनाएर आउट भए। नेपालको शीर्ष क्रम धरासायी बन्यो। केवल ६२ रनको अवस्थामा ५ खलाडी आउट हुँदा पछिल्लो क्रमले केही समय इनिङ सम्हाले पनि ४०.१ ओभरमा १ सय ५० रन बनाउँदा टोली अलआउट भएको थियो।
नेपालविरुद्ध कसिलो बलिङ गर्ने क्रममा क्यानडाका लागि डिलोन ह्यालीघरले ५ विकेट लिए। अलराउन्डर प्रदर्शन गरेका हलीघर प्लेयर अफ द म्याच घोषत भए। त्यस्तै, अखिल कुमार र अन्स पटेलले २-२ विकेट लिँदा साद बिन जफारले १ विकेट लिएका थिए।
अब नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाललाई पराजित गरेको क्यानडा अंक तालिकाको ९ खेलबाट १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। नेपाल भने सातौं स्थानमा छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



