समाज

आज सप्त ऋषिको पूजा आराधना गरी तीजनका समापन गरिदै 

rishi-panchami-(1)-1536889834.jpg

२९ भदौ, हेटौँडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । 
रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । 
यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । 
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । 
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुर्पयो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो । 
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले जानकारी दिए ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले बताए ।
रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा पनि उनले जोड दिए । 
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।
फोटोः गुगल


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
कर दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी( फोटो फिचर)
46390572_761473937518722_-1542436620.jpg

१ मंसिर, हेटौँडा । सातौं कर दिवसका अवसर शनिबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको छ । आन्तिरिक...

चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा
Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

थप समाचार