Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई

Balkumar-1713421203.jpg

►बालकुमार श्रेष्ठ

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न कार्यक्रमका साथ घरदैलो अभियानमा छन् । मकवानपुरको सबैभन्दा बढी विद्यालय समेट्न हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरु वर्तमानमा शैक्षिक गुणस्तरसहितको शिक्षा प्रदान गर्न विविध योजनाका साथ लागि परिरहेको पाइन्छ । कतिपय सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको पढाइमा अब्बल देखिएका छन् भने कतिपय विद्यालय प्रविधिक शिक्षालयमा सफल भएका छन् । साधारण शिक्षाको धारतर्फ पनि अब हेटौंडाका माध्यामिक आधारभूत तथा प्राथामिक जुन तहका विद्यालय भए पनि नैतिक रुपमा प्रतिबद्ध र लगानीको हिसाबले कटिबद्ध रहेको कार्यक्रमहरुमा सहभागिता र भर्ना अभियानको रौनकताबाट देखिइरहेको छ । शिक्षकहरु पढाउने काममा ठगी गर्दैनन् । प्रधानाध्यापकहरु बार्षिक योजनाका साथ प्रस्तुत भएका छन् । सामुदायिक विद्यालयहरुको हकमा सरकारले तलब खर्चमा लगानी बढी गरे पनि सिमित कर्मचारी पठाएर (खटाएर) धेरै कामहरु गर्नुपर्ने वाध्यता छ । विद्यालय कर्मचारी आफूहरु काम गरिरहेका भेटिन्छन्, तर काम पनि ढिलाइ भैरहेको हुन्छ । यसको अर्थ हो माध्यामिक विद्यालयहरुमा कामको अनुपातमा सरकारले दिएको एक लेखापाल र एक कार्यालय सहयोगीको दरबन्दी अपुग भयो । कतिपय विद्यार्थीहरुले दिएको विद्यालय सहयोग रकमबाट नीजी स्रोतमा कमचारी राख्नुपर्ने वाध्यता सामुदायिक विद्यालयहरुको छ । 
हेटौंडाको सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु भर्ना हुने आकर्षण बढेको छ । मैले काम गर्ने सिद्धार्थ मा.वि. को कुरा गर्ने हो भने विद्यालयमा यस बर्ष सबै कक्षहरुमा गरेर १०० विद्यार्थी थप गर्न सक्ने भवन क्षमता छ, तर अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना हुन आउने ४१५ वटा प्रवेश फाराम भरिसकिएका छन् । यो क्रम बैशाख १० गतेसम्म अझै बढ्ने देखिन्छ । सिद्धार्थ मा.वि. मा कक्षा ११ र १२ मा कानून, शिक्षा, व्यवस्थापन र विज्ञान ४ वटै कायक्रममा पढाइ हुनु विद्यार्थी आकर्षणको एक कारण  हुन सक्छ । यहाँको विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, आई.टी. कक्ष व्यवस्थित र निरन्तर प्रयोगको लागि हेटौंडामै प्रसिद्ध छ, तर त्यसको लागि लाग्ने जनशक्ति, वित्त व्यवस्थापन र गुणस्तरीयता कायम गर्न लाग्ने खर्च व्यवस्थापन गर्न सिद्धार्थ मा.वि.ले निकै चुनौतीपूर्ण यात्रा झेल्दै आइरहेको छ । 
प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाई हुने सिद्धार्थ मा.वि.मा हाल २५६७ विद्यार्थीहरु छन् । प्ले ग्रुपदेखि १० कक्षासम्म २०२५ विद्यार्थीहरु रहेकोमा यसबर्ष २०० जना थप भर्ना गर्ने हो भने ४ वटा कक्षाकोठा थप गर्नुपर्ने र मौजुदा शिक्षक दरबन्दी ३३ जना रहेको र १०  जना शिक्षक तथा १० जना कर्मचारी नीजी स्रोतबाट नियुक्ति गरी चलिरहेको यस विद्यालयमा यसबर्ष ४ जना शिक्षकको अझै आवश्यकता रहेको छ । शिक्षक थप नगरे थप भर्ना गरिएका विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिन सक्छ । सिद्धार्थ मा.वि.मा नयाँ प्रधानाध्यापक परमानन्द सरोज कर्ण हुनुहुन्छ । वहाँले “म स्कुलको प्रशासक होइन, शिक्षक कर्मचारी परिवारको प्रधानाध्यापक हुँ ।” भन्दै सामुहिक छलफलबाट निर्णयहरु गर्ने प्रणाली शुरु गर्नुभएको छ । 
वास्तवमा हामी कुनैपनि कुरालाई कार्य र कारण सिद्धान्त अनुसार विद्यालयलमा Team building को गतिविधि सञ्चालनको क्रममा छौं । हेटौंडा उपमहानगरपालिका वडा नं. २ को एकमात्र माध्यामिक विद्यालय रहेकोले २ नं. वडावासीका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो सिद्धार्थ: राम्रो सिद्धार्थको पहिलो प्राथामिकता हो । त्यसैले २ नं. वडाका अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, बुद्धिजीवी, जनप्रतिनिधि, वडा सरकार सबैको समन्वयात्मक, रचनात्मक सहयोग र समर्थनको विद्यालय परिवारले अपेक्षा गरेको छ । 
यस बर्षबाट बिकाऊ, टिकाऊ र सिकाऊ सहितको विद्यार्थी उत्पादन गर्ने प्रधानाध्यापकज्यूको नयाँ योजना छ । वहाँले व्यवहारिक घरायसी सामग्री निर्माण गर्ने ज्ञानदेखि प्लम्बिङ्ग, बाागवानीजस्ता आयमुलक सिपहरु समेत सञ्चालन गर्ने योजनाहरु प्रभावकारी रुपमा सञ्चालन गर्न हरेक शुक्रबार व्यवहारमूलक तथा आयमुलक सिपका कक्षाहरु सञ्चालन गर्ने अवधारणा अगाडि सार्नुभएको छ । सिद्धार्थ मा.वि. मा ३ ओटा ब्लकहरु छन् । ती तीनवटै ब्लकहरुमा कुनै न कुनै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेकोमा विद्यार्थीहरुलाई नैतिक मूल्य र मानव मूल्य सहित वृत्ति विकास कक्षाहरु पनि शिक्षकद्वय टिकाप्रसाद दाहाल र संगीता पुडासैनीले संयोजन गरी कक्षा ९ का विद्यार्थीहरुलाई बर्षको ३० वटा घण्टीहरु लिंदै आउनुभएको छ । जसरी विद्यार्थीमा अन्तरनिहित बुद्धिको पहिचान गरी उसलाई त्यही बुद्धि सिकाउन साधारण शिक्षाले मद्दत गर्दछ, वृत्तिविकास कक्षाले विद्यार्थीहरुमा अन्तरनिहित व्यवसायिक रुचिको क्षेत्रलाई पहिचान गरिन्छ । त्यसमा थप तालिम सञ्चालन गर्ने विद्यालयको सोच रहेको छ । 
नेपाली बजारमा प्रतिस्पर्धा गरी नेपालमै बिकाउ र टिकाऊ रहने जनशक्ति उत्पादन गर्नु हरेक विद्यालयको उद्देश्य हुनुपर्दछ । कक्षा १२ उत्तीर्ण गरी नेपाल छोड्ने प्रवृत्तिलाई न्यूनिकरण गर्दै लैजान संघीय, प्रदेश र स्थानीय सरकारको एकिकृत योजना हुनुपर्दछ ।  त्यस योजनाको अल्पकालीन र दीर्घकालीन उद्देश्य हासिल गर्न, संघीय शिक्षा ऐन व्यवसायिक शिक्षा प्रवर्धन गर्न आवश्यक शिक्षकलाई अत्यधिक सेवासुविधा सहितको शिक्षकमैत्री शिक्षा ऐन तथा शिक्षा नियमावली आवश्यक छ । आज संस्थागत विद्यालयहरुको आफ्नै शिक्षा कार्यक्रमहरुसाथ सञ्चालन भएकोले विद्यालय तहकै शिक्षा लिन विद्यार्थीहरु विदेश पलायन हुने विद्यार्थीहरु नेपालमै अड्याउन एकप्रकारले योगदान गरिरहेकै छन् । त्यसलाई नजरअन्दाज गरिनु हुँदैन । नेपालमा भएका स्थानीय सिपहरुलाई आम्दानी हुने गरी वर्तमान विद्यालयका विद्यार्थीहरुसंग जोड्ने काममा सामुदायिक संस्थागत हातेमालो हुनु जरुरी छ । 
हाम्रा बालबालिका भोलिका हैन आजका नै प्रतिभा हुन् । तिनमा भएको काव्यात्मक सिप, गणितीय सिप, खेलकुद सिप, सांगितिक सिप आदिलाई पूर्व प्राथामिक तहबाटै सम्बर्धन गर्दै आजका शैक्षिक पाठ्यक्रमका साथसाथै अतिरिक्त कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई सानो उमेरबाटै आम्दानी र बचतका कामहरु गरेरै सिकाउने वातावरण तयार गर्नु आजको शिक्षाको त्यस्तो पक्ष हो, जुन विद्यार्थीहरुलाई आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउन महत्वपूर्ण हुनेछ । दैनिक शैक्षिक कार्यक्रमहरु, परीक्षा प्रणालीहरु सबै बार्षिक कार्ययोजना र दनिक कार्यतालिकाले प्रष्ट बनाउँछ । बार्षिक कार्ययोजनामा नै विद्याथीहरुलाई सिप सिकाउने घण्टीहरु व्यवस्थापन गर्न सके १०–४ को समयपछि पनि खेलकुद, चित्रकला, प्लम्बिङ्ग जस्ता सिपका कक्षाहरु सञ्चालन गर्न सकिन्छ । 
अर्को महत्वपूर्ण तथा अहिलेसम्म लागू नगरिएको पक्ष भनेको विद्यार्थी सिकाईको गति एकसमान हुँदैन । उनीहरुको सिकाइको गति र मागलाई कार्यसञ्चयिकामा भरेर यथार्थ मूल्याङ्कन गरी कक्षा नर्सरीदेखि कक्षा ३ सम्म बीचमा नै कक्षोन्नती पनि गर्न सकिने तथा अर्धबार्षिक परीक्षासम्म पनि सुस्त सिकाइ गति भएका विद्यार्थीहरुलाई समस्या पहिचान गरी छुट्टै उपचारात्मक कक्षाहरु लिने व्यवस्था यसबर्ष सिद्धार्थ मा.वि.ले अवलम्बन गरेको छ । 
बालमैत्री विद्यालय घोषणा गर्न सिद्धार्थ मा.वि.मा सम्पूर्ण शिक्षकहरुमा कार्य विभाजन गरिएको छ भने गत चैत्र महिनामा मात्र सिद्धार्थ मा.वि.ले बागमती प्रदेशस्तरीय जुनियर तथा युवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो शैक्षिक क्यालेण्डर निर्माण गर्दै बैशाख पहिलो हप्ता ३ गते सन्देशमूलक घरदैलो अभियान सञ्चालन गरेको छ । बैशाख ४ गते कक्षा १—३ को एकिकृत पाठ्यक्रम प्रवोधिकरण सम्पन्न गरेको छ । बैशाख ६ गते म्झबलम दबकभम क्ष्त् ष्ल त्भबअजष्लन तालिम सबै शिक्षकहरुको लागि सञ्चालन, बैशाख ७ गते कक्षा ६ देखि ९ सम्मका नयाँ भर्नाका लागि प्रवेश परीक्षा, बैशाख ९ गते कक्षा ४—१० सम्मको पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम रहेको छ । यसरी कुनै पनि विद्यालयका सबै शिक्षकहरु केही नयाँ अवधारणाका साथ अघि बढेमा विद्यालय शिक्षाको बैशाख महिनामा हुने भर्ना अभियानबाट विद्यालय प्रवेश गराइएका सबै विद्यार्थीहरुलाई चैत्र महिनासम्म विद्यालयमै टिकाउन सकिन्छ ।

# लेखक सोष्टा मकवानपुरका प्रथम उपाध्यक्ष तथा सिद्धार्थ माविका सामाजिक शिक्षक हुन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार