♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता
प्रारम्भिक जीवनः
गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका आठौं पुस्ताका संकटाप्रसाद भट्टराई र ललितादेवीका चार भाई छोराहरुमध्ये कान्छा छोराको रुपमा मिति बि.सं. १९८१ पौष ०९ कृष्ण द्वादशी तदनुसार इ.सं १९२४ डिसेम्बर २३ मा बारणासी भारतमा कृष्णप्रसाद भट्टराईको जन्म भएको थियो । उनको बि.सं. २०६७ ।११ ।२० तदनुसार सन् २०११ मार्च ४ काठमाडौमा देहवसान भएको थियो ।
उनले काशी हिन्दु बिश्व बिद्यालय वनारसमा राजनीति शास्त्रमा वी.ए. (एम .ए पास हुन नपाएका) सम्म अध्ययन गरेका थिए । उनको एउटा पुस्तक मेरो म आत्मकथा प्रकाशन भएको छ ।
पारिवारिक पृष्ठभूमि
यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वी नारायण शाहसंगै काठमाडौ आई दरवारमा पुरोहित भै बसेका थिए । उनकै बंशका बिश्वनाथ थिए । दरवारमा उनी बीर शम्सेशको बक्र दृष्टिमा परेपछि वनारसमा निर्वासनमा गएका र उनकै पालादेखि भट्टराई परिवार बनारसमा बस्न थालेको थियो । केही बर्ष पछि बनारस मै बिश्वनाथ त्यहीँका रामनगर राज्यका राजाको पुरोहित हुन पुगे । उनै पुरोहित बिश्वनाथका नाती हुन कृष्णप्रसाद भट्टराई ।
कृष्णप्रसाद भट्टराईको व्यक्तित्वलाई धेरै कोणबाट हेर्नु पर्ने हुन्छ । ती मध्ये केही यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ः
पत्रकारका रुपमाः कृष्णप्रसाद भट्टराई
उनी तत्कालिन नेपाल पुकार र युगबाणीका सम्पादक भै काम गरेका एक पत्रकार थिए । २०१२ मा पत्रकार महासंंघको संस्थापक अध्यक्ष पनि भएका थिए । सन् १९५७ मा सोभियत संघका कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेवको अन्तर्वार्ता पनि लिएका थिए । निकिता ख्रुश्चेवको अन्तर्वार्ता लिने पहिलो बिदेशी पत्रकार थिए कृष्ण प्रसाद भट्टराई ।
राजनीति गतिविधिमा संलग्नता
भारतमा अध्ययन गर्दा कृष्ण प्रसाद भट्टराई भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । सन् १९४२ (बिसं १९९८)मा अंग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सहभागी हुँदा पक्राउ पनि भएका थिए । सन् १९४५(२००१) मा उनले वनारस हिन्दु विश्व बिद्यालय स्थित नेपाल छात्र संघको उपाध्यक्ष समेत भएर काम गरेका थिए ।
नेपाली कांग्रेस र कृष्णप्रसाद भट्टराई
नेपालमा निरंकुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक बि.सं.२००३ साल असोजमा सर्चलाईट पत्रिका मार्फत बी.पी.ले आव्हान गरेका थिए । त्यसको लगत्तै पछि कार्तिक १५, २००३ मा वी.पी.कोईरालाकै सक्रियतामा भारतमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस संस्था गठन भएको थियो । सो पार्टीको अध्यक्ष देवीप्रसाद सापकोटा र महामन्त्री कृष्णप्रसाद भट्टराई भएका थिए ।
अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिबेशन २००३ माघ १२ र १३ गते भएको थियो । यस अधिबेशनले कारागारमा आजन्म कैद भोगीरहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा र कार्यकारी सभापतिमा वी.पी. कोईरालालाई चयन गर्यो । यसै अधिबेशनले नाम परिवर्तन गरीपार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस राख्यो ।
त्यस्तै सुवर्ण शम्शेर राणाको सक्रियता र महेन्द्र विक्रम शाहको सभापतित्वमा वि.सं.२००४ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । वि.सं.२००६ साल चैत्र २७ मा नेपाली राष्ट्रिय कांग्रेस (चौथो महाधिबेशनको समयमा) र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भै पार्टीको नाम नेपाली कांग्रेसको रह्यो । यसरी नेपाली कांग्रेस गठन भएपछि भट्टराईले सहमहामन्त्रीको पदमा काम गरेका थिए ।
किसुनजीको जेल जीवन
२०१७ साल पुस १ गते थापाथलीमा सम्पन्न हुँदै गरेको तरुणदलको अधिबेशन स्थलबाट वी.पी. संगै पक्राउमा परी २०१७ साल पुस १ देखि सुन्दरीजल जेल र २०२५ भदौमा नखुजेलमा सारीई २०२६ साल चैत्रसम्म जेल बसेका भट्टराई बि.सं. २०२६ चैत्रमा रिहा भएकोमा २०२९को प्रारम्भमा फेरी पक्राउ गरियो ।
♦पार्टी र सरकारमा निर्वाह गरेको भूमिका
कृष्णप्रसाद भट्टराई किसुनजीको नामले नेपाली राजनीतिमा चीर परिचित सन्तनेता हुन । उनले पार्टी र सरकारमा देहायका भूमिका निर्वाह गरेका थिए ।
• २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर उदयपुर कव्जागर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी निर्बाह गरेका ।
•२००८ सालमा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भए,
•२०१६ आषाढ १९ देखि २०१७ पौष १ सम्म (३ जुलाई, १९५९ देखि १५ डिसेम्बर १९६०) सम्म ३६ बर्षको उमेरमा नेपालकोे प्रतिनिधिसभाको पहिलो सभामुखको दायित्व निर्बाह गरेका ।
• २०१७ साल पुस १ देखि २०२६ साल चैत्रसम्म करीव १० बर्ष जेल जीवन व्यतित गरेका र २०२९ मा पुन पक्राउ परी जेल बसेका ।
•सन् १९५२ मा रंगुनमा प्रथम एशियाली समाजबादी सम्मेलनमा वी.पी. संगै सहभागी भएका ।
सभापति नेपाली कांग्रेस
•२०३२ माघ २९ (१२ फेबु्रअरी १९७६) देखि २०४८ माघ २ (१६ जनवरी १९९२) सम्म कार्यबाहक सभापति ।
• २०४८ माघ ३ (१७ जनवरी १९९२) देखि २०५३ बैशाख २८ (१० मे, १९९६) सम्म निर्वाचित सभापति ।
प्रधानमन्त्री
कृष्णप्रसाद भट्टराई दुई पटक नेपालको प्रधानमन्त्री भए ।
• बि.सं.२०४७ बैशाख ०६ (१९ अप्रिल १९९०) देखि २०४८ जेष्ठ १२ (२६ मे, १९९१) सम्म,
•२०५६ जेष्ठ १७ (३१ मे, १९९९) देखि २०५६ चैत्र ९(२२ मार्च २०००) सम्म,
२०४६ सालको परिवर्तन पछि अन्तरिम प्रधानमन्त्री भएपछि उहाँलाई दुईवटा प्रमुख दायित्व आएको थियो ।
• संबिधान लेख्ने,
•संसदीय निर्वाचन गराउने,
यी दुइ काम यथासमयमै सम्पन्न गरी आफ्नो महत्वपूर्ण दायित्व निर्वाह गर्न सफल भए ।
कृष्णप्रसाद भट्टराई र उनको निर्वाचन
• बि.सं.२०१५ सालमा गोरखा क्षेत्र नंं.१०४ बाट उम्मेदवार भएर चुनाव हारेका थिए ।
• बि.सं.२०४८ सालकोे आम निर्वाचनमा काठमाडौबाट उम्मेदवार भई पराजित भएका थिए ।
•बि.सं.२०५० सालकोे उप निर्वाचनमा पनि काठमाडौबाट उम्मेदवार भई पराजित भएका थिए ।
•त्यसपछि बि.सं.२०५६ को आम निर्वाचनमा पर्सावाट उम्मेदवार भई बिजयी हुन सफल भएका थिए ।
बिद्वत व्यक्तित्वहरुको नजरमा किसुनजी
१. रामबरण यादव
किसुनजी गान्धीको जीवन दर्शनबाट प्रभावित हुनुहुन्थ्यो । उहाँको सवै भन्दा ठूलो ध्येय मुलुकमा लोकतन्त्र ल्याउनु पर्छ भन्ने थियो । आफ्नो उद्देश्य र लक्ष्यलाई छाडेर कसैसंग नझुक्ने वा संझौता नगर्ने स्वभाव उहाँमा थियो । क्षमाशीलता उहाँको अर्को बिशेषता थियो ।
२.अर्जुननरसिंह के.सी.
किसुनजीको सम्पूर्ण जीवन गीता ज्ञानबाट ओतप्रोत थियो । उहाँ कर्मयोगी जीवनशैलीको उदाहरण हुनुहन्थ्यो । परिवारबिहीन,घरवारबिहीन, निजी सम्पत्ति बिहीन । यस्तो सन्त व्यक्तित्व जो संग त्यागै त्यागमात्र थियो तर माग थिएन । जस्ले सदा दियो तर लिन मानेन । धेरैपटक अपमान र घात सह्यो तर पार्टी फुटन दिएन ।
२०४८ सालको पराजयलाई सहज रुपमा लिएका भएपनि किसुनजी २०५० सालको काठमाडौको उपचुनावको पराजयलाई सहजरुपमा लिन सक्ने अवस्था थिएन । बिरोधीले हानेकोले भन्दा मित्रले ताकेकोले दुख्छ भनेको यही हो ।
किसुनजीले राष्ट्रियता, लोकतन्त्र र समाजबाद सबैका चरित्र आफ्ना गतिबिधिबाट प्रकट गर्न सक्नु हुन्थ्यो । किसुनजी आकांक्षालाई आदर्शले जितेर अघिबढने विराट व्यक्तित्वका धनी राजनेता हुनुहुथ्यो ।
३. शेखर कोइराला
आदर्श, सिद्धान्त र निष्ठाप्रति कटिबद्ध नेपाली राजनीतिका अग्लो व्यक्तित्व हुनुहुन्थ्यो किशुनजी । उहाँ राष्ट्र, राष्ट्रियता र जनताप्रति अत्यन्त संबेदनशील एवं निष्ठावान हुनुहुन्थ्यो । किसुनजी सत्यनिष्ठ राजनीतिको अनुयायी, अहिंसाको पुजारी र एक सच्चा राष्ट्रबादी नेता हुनुहुथ्यो ।
किशुनजीले जे जस्तो संघर्ष गर्ने हो स्वदेशमै बसेर अहिंसात्मक आन्दोलन गर्नु पर्छ भन्ने अडान छोड्नु भएन । पछि बी.पी.सुवर्ण शम्सेर पनि किसुनजीकै लाइनमा आउनु भयो ।
जुन राजतन्त्रले १४ बर्ष जेल राख्यो, अनेक यातना दियो, त्यही राजतन्त्र उन्मुलनमा उहाँ सहमत हुनु भएन । दिल्लीमा भएको १२ बुँदे सहमतिपछि गणतन्त्रमा जाने पार्टीले निर्णय गर्दा बरु पार्टीनै परित्याग गर्नु भयो । सिद्धान्तमा सौदा गर्नु भएन । उहाँको घर थिएन, परिवार थिएन, घर भन्नु नै पार्टी थियो । परिवार भन्नु नै पार्टीका कार्यकर्ता थिए । राज्यले वनाई दिएको आश्रममा उहाँको जीवन वित्यो ।
४.पुरुषोत्तम बस्नेत
किशुनजी देश जनता र प्रजातन्त्रप्रति समर्पित आफ्ना आस्था र सिद्धान्तमा दृढ संकल्पका साथ उभिने एक राष्ट्रबादी नेता हुनु हुन्थ्यो ।
उहाँको संघर्षपूर्ण यात्राको प्रारम्भ उपनिवेशिक भारतीय स्वतन्त्रताको संघर्षबाट सुरु भएको हो । उक्त समयमा उहाँ वनारस हिन्दु विश्व बिद्यालयको बिद्यार्थी हुनु हुन्थ्यो ।
६.डा.तुलसी प्रसाद भट्टराई
किशुनजी दृढ अठोट र संकल्पका धनी व्यक्तित्व । २०१७ साल पुस १ गते थापाथलीमा सम्पन्न हुँदै गरेको तरुणदलको अधिबेशन स्थलबाट वी.पी.संगै पक्राउ परी जेल बसे । उनले जेलबाट छुट्ने वित्तीकै २०२७ बैशाख ६ गते ने.वि.संघको स्थापना समारोहमा अतिथि वनेर उद्घाटन गरेका थिए ।
७. हरिहर बिरही
किसुनजी गम्भीर कुरालाई ठट्टामा उडाउने र साधारण कुरालाई गम्भीर रुपमा लिने, प्रभाव र प्रतिक्रियाको वास्ता नगरी मनको कुरो तुरुन्तै भनीहाल्ने, कुनै पनि कुरोमा हलुको टिप्पणी गर्ने स्वभाव चर्चित थियो ।
८. रामचन्द्र पोखरेल
किशुनजी नीति, सिद्धान्त र बिचारका पुञ्ज र कर्मयोगी नेता हुनुहुन्थ्यो ।
९. कुलचन्द्र वाग्ले
सच्चा आध्यात्मिक हुनुहुथ्यो किशुनजी । उदार र सहज व्यवहार, हसिलो शैली र चारित्रिक बिशेषताले उहाँ भित्रको आध्यात्मिक प्रभावलाई पहिचान दिएका थिए । यही आध्यात्मिक जीवन पद्धतिले राजनीतिज्ञ किशुनजीलाई क्षमाशील, त्यागी र बिनम्रताको प्रतिमूर्ति बनायो ।
१०. धर्मेन्द्र झा
सन्त नेता किसुनजीलाई यो देश र जनताले संझनु पर्ने धेरै पाटाहरु छन् । ती हुन ः एक आदर्श नेता, एक प्रधानमन्त्री, एक पत्रकार, एक सन्त, एक सामाजिक अभियन्ता, एक विद्वान, एक नैतिकवान र इमान्दार व्यक्ति ।
११. डा. बासुदेब भण्डारी
कृष्णप्रसाद भट्टराईले समाजमा असमानता हटाउन चाहन्थे, देशमा साच्चीकै सामाजिक न्यायको स्थापना गर्न चाहन्थे । उनले उपयोग गरेका बस्तुहरु सुराही, छाता र बाकस उनका सादगी एवं समाजबादी जीवनका परिचाएक हुन, प्रतिकात्मक अभिव्यक्ति हुन । यी बस्तुहरु स्वार्थीहरुका लागि दृष्टान्त हुन । कथित समाजबादीका निम्ति गम्भीर चुनौती हुन । सुधारात्मक सन्देशका द्योतक हुन ।
किशुनजीले राजनीतिलाई निश्वार्थ रुपले जनसेवाका रुपमा लिएका थिए । उनी आफ्नो आस्था र निष्ठाबाट कहिल्यै बिचलित भएनन् ।
भट्टराई नेपालको राजनीतिमा सन्त नेता, कर्मयोगी नेता, त्यागी र सदाचारी नेताका रुपमा परिचित छन् । साथै उनी सर्बे भवन्तु सुखिनको दर्शनबाट अनुप्राशित अध्यात्मबादी नेता हुन । उनको जीवन त्याग, संयम, सदाचार र संघर्षबाट बनेको सरल र प्रेरणादायी छ ।
उपसंहार
नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजबाद हो । यीनै आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने प्रतिवद्धता अघि सारेको पाइन्छ । तर, बास्तबिकतामा त्यस्तो छैन । नेताहरुमा सिद्धान्त र प्रतिवद्धता भन्दा भिन्न, अरुले गरेको कामको व्याज असूल्ने प्रवृत्ति देखिन्छ । सो कुरा बिधान एकातिर, काम कारबाही अर्कातिर मुखरित भएको तथ्यबाट बुझन सकिन्छ ।
नेपाली कांग्रेसभित्र फुट र विग्रहको बिजारोपणको इतिहास पुरानै हो । सो कुरालाई बिर्सन मिलोईन । कतिपय त्यस्ता विग्रह पछि पनि बेला बेलामा स्पष्ट देखिए । स्वयं सन्त नेता कृष्ण प्रसाद भट्टराई पनि यस्तो विग्रहको चपेटामा परी त्यस चपेटाबाट उम्कन नसकी पराजित हुनु परेको दृष्टान्त कसैबाट लुकेको छैन । हिजोका दिनमा जो जे कमी कमजोरी गरिएपनि त्यसबाट परेको नकारात्कम प्रभावलाई अनुभूत गर्दै अबका दिनमा आदर्श, सिद्धान्त तथा गरिएका प्रतिवद्धताहरुलाई कार्ययोजना बनाई कार्यान्वयनमा रुपान्तरण गर्ने दिशातर्फ लाग्नु पर्ने आजको अपरिहार्यता हो ।
र अन्त्यमा बर्तमान सवैतहका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी.कोइराला, गणेशमान सिंह एवं कृष्णप्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको यथोचित कदर हुन सकेको देखिदैन, त्यसो नहोस् । बिद्वत बर्गहरुको अभिव्यक्तिहरुबाट कृष्णप्रसाद भट्टराई पदप्रति आकर्षण नभएका, एक आध्यात्मिक, कर्तव्यनिष्ठ, इमान्दार, सरल, त्यागी, निष्ठाबान, आदर्शबादी र कर्मयोगी व्यक्ति भएको तथ्य स्पष्ट हुन्छ । अतः कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीका अवसरमा उनको योगदानलाई कदर गर्न, उनको यीनै अनुकरणीय आदशर्, मूल्य, मान्यता र सिद्धान्तलाई पच्छयाएर कार्याभिमूख हुन प्रेरणा मिलोस । शुभकामना ।
♦लेखक समसामयिक बिषयमा प्रष्ट खबरमा कलम चलाउनुहुन्छ ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







